२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

हरेक वर्ष हिलाम्मे सडकको पिर

राँके–रवि सडक खण्ड अन्तर्गत पाँचथरको फाल्गुनन्द गाँउपालीकामा पर्ने सडक । तस्बिर : नागरिक

गाँउ हैन टोल–टोल जोड्ने ग्रामिण सडकहरू यतिबेला गाडी कुदाउन नमिल्ने गरी बिग्रिएका छन् । जहाँजहाँ गाडी चलेका छन्, जोखिम मोलेर निक्कै चुनौतीका साथ साना (जिप, पिकअप, ट्याक्टर) कुदाईएका छन् । लकडाउन अलि खुकुलो भएपछि खाद्यान्न, विभिन्न समाग्री तथा यात्रु बोक्ने गाडी चल्न सुरु गरेपनि गाँउमा गाडी लैजान सहज छैन् ।

गाँउपालीका जोड्ने मुख्य सडकमा समेत गाडी गुडाउन सकिदैन् । ठाँउठाँउमा पहिरो गएको छ । सडक हिलाम्मे भएका छन् । पुनः मर्मत गर्नु पर्ने अवस्थामा यि सडकहरू पुगेका छन् । वर्षा रोकिएपछि पुनः मर्मत गर्दामात्र गाडी सहज रुपले गुड्ने अवस्था छ । तर यो अवस्था यो वर्षमामात्र भएको हैन् ।  

हरेक वर्ष वर्षापछि ग्रामीण सडक पुनः मर्मत गर्नुपर्ने अवस्था छ । प्राथमिकतामा राखेर सडक बनाउने भन्दा पनि टोल टोलमा लैजाने हतारोले गर्दा गुणस्तरीय सडक नबन्दा हरेक वर्षामम हिलाम्मे भएर सवारी गुडाउनै समस्या भएको छ ।  

नाली निर्माण तथा ग्रोवेल स्तरको सडक बनाउने भन्दापनि टोल–टोल पु¥याउने हतारोले हरेक वर्षमा गाँउमा गाडी कुदाउन असहज हुने गरेको छ । जिल्लाको विकास बजेट मुख्य हिस्सा सडक निर्माण, मर्मतमा खर्च हुने गर्छ । तर हरेक वर्षामा सडककै सास्ती हुने गर्छ ।

राँके–रवि– भेडेटार सडक थङ्लीलो छ । गाडी चलाउने अवस्था छैन् । हरेक वर्ष वर्षातमा सडकको सास्ती भोग्नु परेको घुर्विसे पञ्चमीका युद्ध बोहोराले गुनासो गरेका छन् । कालोपत्रको ठेक्का लागेपछि अहिलेसम्म ७ प्रतिशित मात्र काम भएको छ । आयोजना प्रमुख अभिमान मूल्मीका अनुसार अहिले वर्षामा यो खण्डमा गाडी कुदाउन सक्ने अवस्था छैन् ।

यो विभिन्न गाँउ जोड्ने मुख्य सडक हो । जिल्लाका आठै स्थानीय तहका विभिन्न गाँउ जाने सडकमा पछिल्ला दिनमा समस्या छ । ठाँउठाँउमा पहिरो झर्ने तथा हिलाम्मे हुँदा गाडी कुदाउन समस्या हुने गरेको फालेलुङ–७ का धनकुमार लावती बताउँछन् । उनका अनुसार विरामी तथा अत्यावश्यक सेवामा बढी समस्या हुने गरेको छ । यो समस्या जिल्ला भरनै छ । गाडी ढेल्दै कुदाएको देख्न पाईन्छ । हिलाम्मे गाडी कुदाउँदा जोखिम उत्तिकै हुन्छ ।

हाल मेची राजमार्गको ६७ किलोमीटर र मध्यपहाडी लोकमार्गको १९ किलोमीटरमात्र कालोपत्रे छ । मध्यपहाडी लोकमार्गको ५० किलोमीटर सडक कालोपत्रे गर्नलाई ठेक्का पनि खुलेको छैन् । यो खण्डमा उस्तै सास्ती छ । जिल्लामा फिदिम–फालोट ३५ किलोमीटर, मायालुमोड–नवमिडाँडा १४ किलोमीटर, शिवाखोला–लुम्फाबुङ–नवमिडाडा १० किलोमीटर, सरखण्डे–यासोक ११ किलोमीटर, शिवालय–सन्दपुर सडकको पहिलो सात किलोमीटरकालागि ठेक्का लागेर काम अघि बढेका छन् । यी बाहेकका सडकहरू कच्ची छन् । हरेक वर्ष सास्ती खेप्नु पर्छ ।

जिल्लाको फिदिम नगरपालीका र याङवरक गाँउपालिका बाहेकका गाँउपालीका केन्द्र पुग्ने सडक कच्ची रहेको छ । फाल्गुनन्द गाँउपालिकाको केन्द्र घुर्विसे पञ्चमी, मिक्लाजुङ गाँउपालीकाको केन्द्र रवि, तुम्बेवा गाँउपालीकाको केन्द्र मौवा, फालेलुङ गाँउपालीकाको केन्द्र थोक्लीम्बा पुग्न निक्कै कठिन छ । पालीका, वार्ड, टोल टोल जोड्ने सडक थङथिलो छन् ।

स्थानीय सरकार, सम्बन्धीत योजना कार्यालय, ठेकेदार कम्पनीले हिँउद सुरु भएपछि  सडकलाई मर्मत गर्ने गर्छन् । राम्रोसँग सडक नबनाउदा हरेक वर्ष बजेट खर्चिनु पर्ने अवस्था छ । स्तरीय सडक बनाउदा मर्मतकालागि कम खर्च लाग्ने भएपनि यस्तो देखिदैन ।

प्रकाशित: ५ श्रावण २०७७ १३:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App