७ वैशाख २०८१ शुक्रबार
समाज

गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत र सब-इन्जिनियर घुस लिएको अभियोगमा पक्राउ

प्रतिकात्मक तस्बिर

ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सब–इन्जिनियर किशोर मोक्तान घुस लिएको अभियोगमा सोमबार पक्राउ परेका छन् ।  

विकास निर्माणका काममा १ लाख ५० हजार घुस लिएको अभियोगमा अपराह्न १ बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।  

नगरपालिकाको आफ्नै कार्यकक्षबाट अभियुक्तद्वयलाई नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले राससलाई जानकारी दिए ।  

प्रकाशित: ५ श्रावण २०७७ १०:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App