१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

आइतबार थप १ सय ५६ जनामा कोरोना संक्रमण

आइतबार देशभर थप १ सय ५६  जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा‍‍‍. जागेश्वर गौतमका अनुसार  देशभर हालसम्म १७ हजार ६ सय ५८ जना संक्रमित भएका छन्।

अहिलेसम्म प्रदेश नम्बर १ मा  ८ सय ३०, प्रदेश नम्बर २ मा ४ हजार ५ सय ५१, बागमती प्रदेशमा ८ सय ५६ र गण्डकी प्रदेशमा १ हजार ३ सय ८१ जनामा संक्रमण देखिएको छ। यस्तै प्रदेश नम्बर ५ मा ४ हजार १ सय ७२, कर्णाली प्रदेशमा १ हजार ८ सय १४ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ५४ जनामा संक्रमण देखिएको छ। अहिले देशका विभिन्न आइसोलेसनमा ५ हजार ९ सय २३ जना संक्रमित उपचाररत रहेका छन्।

आइतबार ५८ सहित अहिलेसम्म ११ हजार ६ सय ९५ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन। अहिले देशभरीका क्वारेन्टिनमा २२ हजार ६ सय ६१ जना रहेका छन्। नेपालमा आइतबारसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ। 

प्रकाशित: ४ श्रावण २०७७ १०:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App