७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

गाउँपालिका अध्यक्षमाथि चक्कु प्रहार

घाइतेलाई नोबल अस्पताल पठाइयो, एक पक्राउ

केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीलाई कार्यालयभित्रै चक्कु प्रहार भएको छ । चक्कु प्रहारबाट अध्यक्ष कार्कीको टाउकोमा चोट लागेको छ ।

उनलाई उपचारको लागि नोबेल हस्पिटल विराटनगर पठाइएको प्रहरी चौकीका सई दिपक बरालले जानकारी दिए । उनका अनुसार चक्कु प्रहार गर्ने केराबारी १० का भवन ठकुरीलाई पक्राउ गरिएको छ । ‘चक्कु प्रहार भएको हो, एक जनालाई नियन्त्रणमा लिइसकेका छौं,’सई वरालले भने,‘कार्यालयभित्रै घटना भएको हो, अध्यक्षलाई नोबल हस्पिटल पठाइएको छ ।’

प्रहरीका अनुसार चक्कु प्रहार गर्ने ठकुरी पटके करका ठेकेदार हुन् । उनको गत आर्थिक बर्षको पटके करको ठेक्का असार ३१ गते सकिएको थियो । साउन १ गतेदेखि गाउँपालिका आफैले कर्मचारी उठाएर पटके कर संकलन गर्न थालेपछि उनी रुष्ट भएका थिए । ‘गाउँपालिकाले आफैले कर उठाउन थालेपछि मैले नै पाउनुपर्छ, किन उठाएको भन्दै अध्यक्षलाई भेट्न गएको रहेछ,’सई वरालले भने,‘त्यही बिषयमा कुराकानी हुदाँ चक्कु निकालेर हानेछ ।’

प्रकाशित: २ श्रावण २०७७ ०७:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App