२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

ताप्लेजुङका पहिलो कोरोना संक्रमित निको भएर घर फर्किए

ताप्लेजुङमा भेटिएका पहिलो कोरोना संक्रमितले निको भएर घर फर्किएका  छन्। मोरङको गोठगाउँस्थित कोभिड–१९ उपचार केन्द्रमा रहेका उनको दुईपटकको पीसीआर रिर्पोट नेगेटिभ आएपछि उपचार केन्द्रबाट डिस्चार्ज गरिएको हो। गोठगाउँबाट झापा आई सकेका उनलाई मंगलवार आज गृह जिल्ला ल्याईने कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए। 

साउदी अरबरबाट आएका २३ वर्षीय उनी गृह जिल्लास्थित भानु माविको क्वारेन्टिनमा रहेका बखत गरिएको पीसीआर परीक्षणमा ताप्लेजुङमै भेटिएका पहिलो कोरोना संक्रमित थिए। अब सदरमुकाम फुङ्लिङस्थित ताप्लेजुङ उद्योग बाणिज्य संघको क्वारेन्टिनमा १ महिला र १ पुरुष गरी २ जना कोरोना संक्रमित नागरिक रहेका छन्। अहिले सम्म कुनै गम्भिर समस्या नदेखिएका उनीहरु दुबैजना बैदेशिक रोजगारीबाट फर्किएका नागरिक हुन्।  

प्रकाशित: ३० असार २०७७ ०५:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App