७ वैशाख २०८१ शुक्रबार
समाज

गैँडाकोटका तीन वडामा पाँच सय घर जलमग्न

नवलपरासी (सुस्तापूर्व) को गैँडाकोट नगरपालिकामा बर्षाको पानीले जलमग्न घरहरु । तस्बिर : सूर्यप्रकाश/नागरिक

तीन दिनदेखिको झरीले नवलपरासी (सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाभित्र तीनवटा वडाका करिब पाँच सय घरमा पानी पसेको छ । गैँडाकोट नगरपालिका वडा नम्बर १, २ र ४ का अधिकांश घर डुबानमा परेका हुन् । सबैभन्दा बढी २ मिटरसम्म डुबान भएको छ ।

बर्षापछि जम्मा भएको पानीले निकास नपाउँदा ४ सय ९३ घर डुबानमा परेको वडा नम्बर ४ का वडा अध्यक्ष कृष्ण न्यौपानेले जानकारी दिए । पानीको निकासको लागि आइतबार डोजर लगाएर काम सुरु गरिएको वडाध्यक्ष न्यौपानेले बताए ।  

आँगनमा जम्मा भएको पानी घरभित्र पसेपछि खाद्यान्न र लुगाफाटोसमेत भिजेको स्थानीयवासी एकदेव रिमालले जानकारी दिए । उनका अनुसार कालीगण्डकी चोकदेखि उत्तरतर्फका घरहरु बढी डुबानमा परेका छन् ।  

प्लटिङ गरेका घडेरीमा पानी निकासका लागि नाला नबनाइएको र समथर भूभाग भएका कारण बाढीले निकास नपाउँदा समस्या देखिएको हो । त्यस क्षेत्रमा लगाइएको धान र मकैबाली पनि पानीमा डुबेको छ ।

प्रकाशित: २८ असार २०७७ ०७:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App