५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

बाँदरलाई तर्साएर लखेटिने

बाँदरले दुःख दिएपछि देवघाट क्षेत्र विकास समितिले तर्साएर लखेट्ने भएको छ। जसका लागि समितिले बाँदर धपाउने ११ यन्त्र खरिद गरिसकेको छ। समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेका अनुसार एउटालाई दुई हजार ८०० रुपैयाँका दरले यन्त्र खरिद गरिएको छ। त्यस यन्त्रमा १० एमएल पानी र १० एमएल कार्वाइड राखेर पछाडिबाट लाइटर छिराएर सल्काएपछि चर्को आवाज आउने उनको भनाइ छ।

यन्त्रलाई चलाउने विधिका बारेमा सिकाएर स्थानीय टोलहरुलाई वितरण गरिने घिमिरेले जानकारी दिए। उनका अनुसार हाल देवघाट र आसपासका क्षेत्रमा तीन हजारदेखि तीन हजार ५०० रुपैयाँसम्म बाँदर रहेको अनुमान छ। घिमिरेले हरेक वर्ष ४०० भन्दा बढीबादरले ले बच्चा जन्माउने गरेको बताए।

समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार सो यन्त्रको चर्को आवाज आउने र बाँदर तर्सिएर भाग्ने छ। त्यस क्रममा निकै चर्को आवाज आउने भएकाले सञ्चालन गर्नेको कानको समस्या हुनसक्ने भएकाले पूर्णरूपमा तालिम दिएर मात्र यन्त्र स्थानीयवासीलाई दिइने छ। असार महिनामा तालिम दिएर साउनको पहिलो साताबाट काम थाल्ने तयारी गरिएको छ। बाँदरले बालीनाली ध्वस्त बनाएको, घरभित्र पसेर खानासमेत खाइदिने गरेको, १२ जनाभन्दा बढीलाई चिथोरेको र टोकेको उनले बताए।

स्थानीयवासीले धेरै दुःख पाएपछि समितिले बाँदर नियन्त्रणका लागि प्रयास अघि बढाएको पौडेलले बताए। अन्य विभिन्न विकल्पमा काम गरेको भए पनि केही सीप नलागेपछि चर्को आवाज निकालेर तर्साएर लखेट्न लागिएको उनको भनाइ छ। समितिले बाँदरलाई खोरमा राख्ने, सङ्कलन गरेर अन्यत्र लगेर छाडिदिनेजस्ता काम गरेको भए पनि सफल हुनसकेको छैन।

प्रकाशित: २७ असार २०७७ ०८:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App