७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

मन्दिरको दान पेटिका चोर्ने तीन पक्राउ

उदयपुर मन्दिरको दान पेटिका चोरेको आरोपमा उदयपुरमा तीन जना पक्राउ परेका छन् । त्रियुगा नगरपािलका ११ को शनि मन्दिरको दान पेटिका चोरेको आरोपमा त्रियुगा १२ का इस्माईल मियालगायत ३ जनालाई शुक्रबार दिउँसो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

गत बुधबार राति मन्दिरमा राखिएको दान पेटिका चोरी भएको थियो । बिहीबार बिहान पुजारीले राखेको ठाउँमा दान पेटिका नदेखेपछि राति नै चोरी भएको खबर गरे अनुसार प्रहरीले चोरी गर्ने समूहको खोजी थालेको थियो । खोजीको क्रममा पेटिका चोर्ने गिरोह पक्राउ परेको जिल्ला प्रहरी प्रमुख एसपी भीम दाहालले बताए ।

पक्राउ तीनै जनालाई हिरासतमा राखेर थप अनुसन्धान थालिएको जनाइएको छ । मन्दिर आउने भक्तजनले स्वेच्छाले दान खसाल्ने पेटिकामा के कति रकम थियो भन्ने कुरा भने प्रहरीले खुलाएको छैन ।

प्रकाशित: २६ असार २०७७ १५:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App