दैलेखमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ । नारायण नगरपालिका–२, कुषाडीका २० वर्षीय ललित नेपालीको मृत्यु भएको हो ।
घरमा सुतिरहेको अवस्थामा सर्पले टोकेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनकी श्रीमती पनि घाइते भएकी छन् । उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ ।
प्रकाशित: २६ असार २०७७ ०७:४६ शुक्रबार