मानिसको जीवनमा चरम निराशा र तनाव उत्पन्न भएपछि आत्महत्याको बाटो पनि रोज्छ। तर कारण मानसिक नताव पनि एक कारण मानिन्छ। मानसिक तनाव केहोरु, तनाव कसरी सिर्जना हुन्छ रु यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ ? भन्नेबारे मनोविद् करुणा कुवँरको सुझाव :
मानसिक तनावले मानिसको जीवनमा थुप्रै हानी गर्छ। तनावले समाजमा धेरै थुप्रै दुर्घटनाहरु गराएको पनि देखिएको छ। समाजमा हरेक मानिसलाई तनाव हुने गर्छ। सामाजिक रुपमा प्रतिष्ठा कमाएको, शिक्षित मानिसहरुलाई पनि थुप्रै तनाव हुन्छ। तनवले मानिसलाई मानसिक रोग पनि गराउन सक्छ। रोग सबैलाई लाग्छ। सबै उमेर समूहका मानिसलाई पनि तनाव सिर्जना हुन्छ।
अहिलेको व्यस्त जीवन शैली, राजनीतिक र सामाजिक अस्थिरता, आर्थिक विपन्नता, बढ्दो बेरोजगारी, सुविधाभोग, विलासिता आदिले मानिसमा तनाव पैदा गरिदिन्छ। यसले अनिद्रा, चिन्ता, दिक्दारी, एक्लोपन, निराशा, थकान, चारैतिर असफलताले वैमनश्यता सिर्जना गर्छ। कहिलेकाहीँ अरुको खुशी बढी, अरुको खुशीमा दुःखी हुने मानोभाव हुन्छ। आफ्नो घरपरिवारले प्रगति गर्यो भने खुशी हुने। अरुले प्रगति गर्यो तर आफ्नो परिवारले प्रगति गरेन भने त्यो बेला पनि एक खालको तनाव सिर्जना गर्छ।
संक्रामक रोगले पनि मानिसको जीवनमा तनाव बढाइरहेको हुन्छ। मदिरा सेवान एवं लागू औषधको प्रयोग, कुलत, द्वन्द्व, आन्तरिक कलह जस्ता कुरा तनाव मुख्य कारक तत्व बन्छ। यसले गर्दा पनि चाँडै रिस उठ्ने, मुड खराब हुने र झगडा तथा हत्यासम्म गर्न पछि पर्दैन। सबै भन्दा बढी झर्को लागेपछि रिस उठ्छ। धैरै तनाव भयो भने खाना पनि विर्सन सक्छ।
तनावले व्यक्तिगत रुपमा मात्रै हानी पुर्या उँदैन समाजिक रुपमा पनि ठूलो असर गरिहेको हुन्छ। कुनै पनि व्यक्ति तनावमा छ भने आफ्नो आसपासमा भएकालाई पनि त्यस्तै भावना सिर्जना गरिदिन्छ। यसले दैनिक जीवनमा पनि उतिकै घाटा पुर्याभएको हुन्छ।
त्यसैले तनवालाई छिटो भन्दा छिटो व्यवस्थापन गर्यो भने विभिन्न दुर्घटनाहरुबाट बच्नुका साथै मानसिक रुपबाट पनि बच्न सकिन्छ। त्यसकारण तनाव व्यवस्थापन गर्न आवश्यक छ। मनोरञ्जन लिने, साथीभाईसँग भेटघाट गर्ने, इन्टरनेटमा विभिन्न मनोरञ्जनात्मक कुराहरु हेर्ने, जुनसुकै परिस्थितिमा पनि खुशी हुन सिक्ने गर्नुपर्छ।
मानिसको खुशी महत्वपूर्ण हुन्छ। केहि समयअघि एउटा अध्ययनले मानिस कसरी खुशी हुन्छ भन्ने कुराको लामो शोध गरेको थियो। त्यसमा पैसा, परिवार, भविष्य लगायत विभिन्न कुराहरुको तुलना गरेर हेरिएको छ। तर त्यो अध्ययनले सम्बन्धले मात्रै मानिसलाई खुशी बनाउँछ भन्ने कुराको निचोड निकाल्यो। मानिसले सम्बन्धमा चाहि कमजोर छ भने अझ तनाव हुन्छ मनोरोगको शिकार बन्न सक्छ। आमाबुबा, छोरो छोरी प्रेमी प्रेमिका सबैसँगको सम्बन्ध बलियो बनायो भने खुशी हुन्छ।
जीवनमा सफलता र असफतासँगै आइरहेको हुन्छ। तर असफलतालाई पनि सफलता बनाउन सकिन्छ। तन्नेरी उमेरबाट मानसिक स्वास्थ्य ख्याल राख्नु पर्छ। अझ सानै उमेरदेखि नै जिम्मेवार हुनु पर्छ। बालबालिकाको लागि अभिभावक हुनु पर्छ। वयस्कहरुले मानसिक स्वास्थ्यको लागि आफू नै सचेत हुनु आवश्यक हुन्छ। आफूले दैनिक रुपमा सोच्ने तरिकामा भर पर्छ। दैनिकरुपमा आफूलाई सोचेका कुराहरुलाई कसरी लिनु हुन्छ, त्यो प्रमुख कुरा हो। आफूले सोचेका कुराहरु कत्तिको सहयोगी छ रु कति असहयोगी छ रु त्यसले आफूलाई खतरा तिर लैजान्छ भन्ने कुरा सोच्न आवश्यक हुन्छ।
आफ्नो लागि सहयोग गर्ने विचारहरु कस्तो हुनु पर्छ भन्ने कुराले पनि महत्व राख्दछ। जब असहयोगी विचारहरु आउँछ तपाईको भावना पनि असयोगी हुन आउँछ। त्यस्तै व्यवाहारमा पनि त्यस्तै हुन्छ। त्यसकारण दैनिक आफ्नो विचारलाई मात्रै याद गर्नु भयो पनि फाइदा पुर्याउँछ। दैनिक रुपमा आफूले आफूलाई कसरी सहयोग गर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ।
मानसिक रुपमा स्वास्थ रहन समयमा सुत्ने, नियमित शाररिक व्याय दैनिक, खानपिनमा ख्याल राख्ने, वयस्कको लागि ८ घण्टा सुत्नु पर्ने हुन्छ। यसको लागि आफ्नो शरिरलाई तन्दुरुस्त राख्ने भन्ने कुरा पनिले निकै महत्व राख्दछ। जहिले पनि सकरात्मक सोचाई विकास गर्नु पर्छ। यसले मानसिक रुपमा मानिसलाई स्वास्थ राख्दछ।
प्रकाशित: २५ असार २०७७ ०९:५६ बिहीबार