९ असार २०८१ आइतबार
image/svg+xml
समाज

नौमती बाजाकाे संरक्षण थालियो

पछिल्लो समय युवापुस्ता विदेश पलायन भएकाले लोप हुने अवस्थामा पुगेको नौमती बाजा संरक्षण गर्न थालिएको छ । बागलुङ नगरपालिका–७ वडा कार्यालयले वडाका दलित समुदायभित्र रहेको नौमती बाजा संरक्षण गर्न थालेको हो ।         

पुस्ता हस्तान्तरण अभावमा नौमती बाजा लोप हुन थालेपछि वडा कार्यालयले दलित समुदायलाई नौमती बाजा खरिद गरी वितरण गरेको छ । वडा कार्यालयले नौमती बाजा संरक्षणका लागि चालु आर्थिक वर्षमा विनियोजन गरेको १ लाख बजेटबाट नोमती बाजा बजाउन सक्रिय दलित समुदायलाई नौमती बाजाको एक–एक सेट वितरण गरेको वडाध्यक्ष खगराज पाण्डेले जानकारी दिए ।           

‘नौमती बाजा खरिद गर्न खर्चिलो हुँदा बाजा नै लोप हुने अवस्थामा पुग्यो,’ वडाध्यक्ष पाण्डेले भने, ‘वडाको पहिचानका रूपमा रहेको नौमती बाजा यस वर्षदेखि संरक्षण गर्न थालिएको छ, आगामी वर्ष नौमती बाजा तालिमजस्ता प्रवद्र्धनात्मक कार्यक्रमसमेत प्रदान गरिने वडाको योजना छ ।’  

बाजा प्राप्त गर्दा संरक्षण र आयआर्जन दुवैमा फाइदा पुग्ने हर्राचौर नौमती बाजा समूहका तीलबहादुर नेपालीले बताए । वडा कार्यलयभित्र छरिखोला र हर्राचौरमा गरी दुईवटा नौमती बाजा समूह रहेको छ । आगामी वर्षको बजेटमा छरिखोलाको नौमती बाजा समूहलाई बाजाको सेट वितरण गरिने वडा कार्यालयको भनाइ छ । नौमती बाजा संरक्षण हुन नसक्दा आयआर्जनमा समस्या हुन थालेको भन्दै वडा कार्यालय संस्थागत रूपमै नौमती बाजा संरक्षणमा जुटेको हो ।

प्रकाशित: २३ असार २०७७ ०५:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App