४ वैशाख २०८१ मंगलबार
समाज

धनुषामा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

धनुषामा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बुधबार दिउँसो जनकपुर–ढल्केवर सढकखण्ड अन्तर्गत क्षिरेश्वरनाथ नगरपालिका–४ स्थ्ति तिब्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भइ सडक छेउमा रहेको पिलरमा ठोक्किएर भएको दुर्घटनामा एक जना पुरुष र एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–२० देवपुराका वर्ष २६ का विजय कुमार शर्मा र नाम नखुलेको अन्दाजी ३५ वर्षीय महिला रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका विजयको अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको र महिलाको उपचारको क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरीले बताए । दुबैको शव पोष्टमार्टमकालागि राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित: १७ असार २०७७ १२:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App