८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

आज यी क्षेत्रमा भारी वर्षा र बाढीको सम्भावना

उच्च सतर्कता अपनाउन आग्रह

फाइल तस्बिर

आज (बिहीबार) पनि देशका विभिन्न स्थानमा वर्षा तथा बाढीपहिरोको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखा र बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।  

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर मनसुन सक्रिय भई विभिन्न स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।  साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।  

यसैगरी बाढी पूर्वानुमान महाशाखाले बिहीबार सूचना जारी गर्दै भनेको छ– पछिल्लो ३ घण्टा सप्तरी, सिराहा, धनुषाको धेरै स्थान, सर्लाही, रौतहट, महोत्तरी, बारा, पर्साको, झापा, मोरङ, सुनसरी, उदयपुर, चितवन, नवलपरासी, कपिलवस्तु, रूपन्देही, दाङ, बाँके, बर्दिया आसपास केही स्थानमा ‍‍‍‍मध्यम(भारी वर्षा मापन, उक्त स्थानका साना नदीमा आकस्मिक बहावको संभावना, सतर्क रहौं।’

बाढीसम्बन्धी विस्तृत जानकारीका लागि बाढी पूर्वानुमान महाशाखाले जारी गरेकाे याे सूचना हेराैँ: 

प्रकाशित: ११ असार २०७७ ०८:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App