२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

राहतको सट्टा रोजगारी

राहत वितरणमा केन्द्रित  यहाँका स्थानीय तह अहिले विपन्नलाई रोजगारी प्रदान गर्न  लागेका छन्। विपन्नलाई राहत भन्दा रोजगारीले छाक टार्न सजिलो हुने भएपछि स्थानीय तहले विपन्नलाई बाटो, नाला, कुलो , पदमार्ग निर्माण  कामदिन थालेका हुन्।  

प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत् विपन्नलाई रोजगारी दिइएको हो। नवलपरासी पूर्व नवलपुरको हुप्सेकोट गाउँपालिकाले बन्दाबन्दीमा प्रभावित बनेका दैनिक ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्नेलाई राहतको  सट्टा रोजगारी दिने तयारी गरेको छ। गाउँपालिकाले सो कार्यक्रममा सूचीकृत भएका ४४५ जनालाई आवश्यकता अनुसार रोजगार कार्यक्रममा समावेश गर्न लागेको हो। बन्दाबन्दीले प्रभावित भएका दैनिक ज्याला मजदूरी गरेर गुजारा चलाउँदै आएकालाई प्राथमिकतामा राखी राहातको सट्टा रोजगार प्रदान गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण सापकोटाले बताए।  

‘हामीले बन्दाबन्दीमा प्रभावितहरु लाई राहातको सट्टा रोजगार प्रदान गर्न लागेका छौ’ उनले भने–यसले काम पनि हुने र बन्दाबन्दीले प्रभावित विपन्नलाई राहातसमेत हुने छ। सो गाउँपालिकाले कार्यक्रम अन्तर्गतको रकमबाट पूर्व–पश्चिम राजमार्गको डण्डादेखि झारेभञ्ज्याङसम्मको सडकलाई बाह्रैमहिना सञ्चालन हुने बनाउन लागेको छ। सो सडक खण्डमा रहेका विभिन्न जोखिमयुक्त मोडकोसमेत सुधार गरी बाटोको स्तरोउन्नति गरिने जनाइएको छ।  

‘यो सडकमा बाह्रैमहिना गाडी गुड्नसक्ने अवस्था छैन्, विभिन्न स्थानमा जोखिमयुक्त मोड छन् , कार्यक्रममार्फत यसको स्तरोन्नति गरिनेछ’ उनले भने–यसले पहाडी क्षेत्रका बासिन्दालाई आवतजावतमा सहजता त थप्नेनै छ, मोड सुधारले सम्भावित सडक दुर्घटनालाई समेट घटाउने छ। सो कार्यक्रम मार्फत् डण्डा–झ्यालबास–गुरुङघाट–रातेखोला–दुलुङ्गा –बसेनी –झारेभञ्ज्याङ सडकको काम शुरुआत गरिनेछ । सो कार्यक्रमको २२ लाख ८८ हजार रुपैयाँ बजेटबाट सूचीकृत भएकालाई कम्तीमा १५ दिन रोजगार प्रदान गर्ने जनाइएको छ  

कावासोती नगरपालिकालेसमेत बन्दाबन्दीले प्रभावित भएकालाई प्राथमिकतामा राखी रोजगार प्रदान गरिरहेको प्रधानमन्त्री रोजगार कार्यक्रम कावासोतीका संयोजक मुकुन्द सापकोटाले बताए। हामीले बन्दाबन्दीले प्रभावितहरुलाई प्राथमिकतामा राखी रोजगार प्रदान गरिरहेका छौ। उनले भने–रोजगारले राहतको समेत काम गर्ने छ। यहाँका अन्य स्थानीय तहले पनि अहिले सो कार्यक्रममार्फत् बन्दाबन्दीले प्रभावित भएकालाई रोजगारी दिँदै आएका छन्।  

प्रकाशित: २ असार २०७७ ०७:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App