९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

प्रदेश २ मा कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो

प्रदेश २ मा कोरोना भाइरस संक्रमितको संख्या २ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा यस प्रदेश मा एक सय १० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २ हजार १४ पुगेको हो । संक्रमितमध्ये १ सय ५ जना पुरुष र ५ जना महिला रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार धनुषामा १, सर्लाहीमा ६, रौतहटमा ७४, बारामा १२ र पर्सा जिल्लामा १७ जनामा संक्रमण पुष्टि भएको हो ।

धनुषामा जनकपुरधाम उपमहानगरपालिका स्थित गोपाल धर्मशालाको क्वारेन्टाईनमा रहेका ३० बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।सर्लाही जिल्लाको बरहथवा नगरपालिकाका १९ बर्षिय पुरुष तथा सर्लाही जिल्लाकै हरिपुर नगरपालिकाका १ देखि १८ बर्ष उमेर समुहका ३ जना र ४२ बर्षिय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

रौतहट जिल्लाको बृन्दाबन नगरपालिकाका १८ वर्षीय किशोरसहति २१ र २५ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी रौतहट जिल्लाको परोहा नगरपालिकाका १ देखि १८ बर्ष उमेर समुहका २ जना र सोही नगरपालिकाका १९ देखि ४० बर्ष उमेर समुहका ७ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।  

रौतहट जिल्लाको राजपुर नगरपालिकाका ५ वर्षीय बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही नगरपालिकाको १४ वर्षीय बालकसहित १९ देखि ४० बर्ष उमेर समुह ४ जना र १ देखि १८ बर्ष उमेर समुहका ८ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । परोहा नगरपालिका स्थित लौकाहा माध्यमिक विद्यालयको क्वारेन्टिनमा रहेका ३, १२ १५, १७ वर्षीय बालकहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । सोही क्वारेन्टाईनमा रहेका ४५ बर्षिय पुरुष सहित १९ देखि ४० बर्षका ११ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

रौतहट जिल्लाकै इशनाथ नगरपालिकाका ३० वर्षीय महिला तथा १० र १४ वर्षीय बालकसहित १ देखि १८ बर्ष उमेर समुहका ९ जनामा कोराना संक्रमण पुष्टि भएको छ । सोही नगरपालिकाका १९ देखि ४० बर्ष उमेर समुहका ९ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।रौतहट जिल्लाकै देवाही गोनाही नगरपालिकाका १८ वर्षीय किशोर र ४८ वर्षीय पुरुषसहित १९ बर्ष देखि ४० बर्ष उमेर समुहका ७ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

रौतहट जिल्लाकै यमुनामाई गाउँपालिकाका १६ बर्षिय किहोर तथा २५ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहट कै गढीमाई नगरपालिकाका १९ र २१ तथा माधव नारायण नगरपालिकाका ३५ बर्षिय पुरुषहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।त्यसैगरी रौतहट जिल्लाकै अनोरीलाल माबी, ध्यूरा मावि, जनता मावी र पियुर एकेडेमीका क्वारेन्टिनमा रहेका थप ४ जना पुरुषहरुमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।बारा जिल्लाको पचारौता नगरपालिकाका १६ वर्षीय बालकसहित १९ देखि ४० बर्ष उमेर समुहका १२ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पर्सा जिल्लाको पोखरिया नगरपालिकाका ३६ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही नगरपालिकाका ४५ बषिय पुरुष सहित १९ देखि ४० बर्ष उमेर समुहका ८ जना पुरुषहरुका कोरोना संक्रमण पुयिट भएको छ ।पर्सा जिल्लाकै बीरगंज उपमहानगरपालिकाकी ३० बर्षिय महिला, सखुवा पर्साैनी गाउँपालिकाका ४० वर्षीय पुरुष, बिन्ध्यवासिनी गाउँपालिकाका २६ बर्षिय पुरुष, जिरा भवानी गाउँपालिकाका ३२ वर्षीय पुरुष, धोकिनी गाउँपालिकाका २७ बर्षिय पुरुष, पर्सागढी नगरपालिकाकी ३१ वर्षीय  महिला र पटेहरवा सुगौली गाउँपालिकाका २० र २७ वर्षीय पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ ।

यसैगरी प्रदेश २ मा पछिल्लो २४ घण्टामा १ महिला र २४ जना पुरुष उपचारपछि कोरोना जितेर डिस्चार्ज भएका छन् । जसमा धनुषा जिल्ला स्थित प्रादेशिक अस्पताल जनकपुर अन्तर्गत लक्ष्मीनिया गाउँपालिकामा रहेको वि.पि. मेमोरियल पोलिटेक्निकल ईन्टिच्यूटको आइसोलेसन कक्षबाट १० जना पुरुष, महोत्तरी जिल्ला स्थित जलेश्वर अप्सताल अन्तर्गतको कोभिड–१९ विशेष अस्पतालको आइसोलेसन कक्षबाट १ जना पुरुष र सर्लाही जिल्ला मंलगवा नगरपालिका स्थित सर्लाही जिल्ला अस्पताल अन्तर्गत अल्पामाई रामनारायण यादव नर्सिङ्ग कलेजको आइसोलेसन कक्षबाट १ महिला र १४ पुरुषगरी कुल १५ जना ब्यक्तिहरु डिस्चार्ज भएका छन् ।

प्रकाशित: ३२ जेष्ठ २०७७ १०:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App