१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

१२ जनाको नमूना पिसिआर परीक्षणमा पठाइए

खोटाङको जन्तेढुंगा गाउँपालिकाका १२ स्थानीयको स्वाब संकलन गरेर पिसिआर परीक्षणका लागि बिराटनगर पठाइएको छ । 

भारतका विभिन्न स्थानबाट आएका जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयका नौसहित १२ जनाको स्वाब संकलन गरेर पिसिआर परीक्षणका लागि बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला प्रदेश नम्बर १ बिराटनगर पठाइएको हो । जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका आरडिटी रिपोर्ट पोजिटिभ देखिएका एक जना र दाङबाट आएका दुई कर्मचारीको समेत पिसिआर परीक्षणका लागि नमूना पठाइएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक पवन पोखरेलले बताए ।  

कोरोना भाइरसको संक्रमण भए/नभएको पत्ता लगाउनका लागि ९१ जनाको आरडिटी परीक्षणकाक्रममा चिसापानीका एक जनाको रिपोर्ट पोजिटिभ देखिएको थियो । नियमित गाउँमै बसिरहेका भए पनि उनको आरडिटी रिपोर्ट पोजिटिभ देखिएको स्वास्थ्य शाखा संयोजक पोखरेलले बताए । यसअघि जन्तेढुंगा गाउँपालिकाका संक्रमणको आशंका गरिएको पाँच जनाको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । 

प्रकाशित: २८ जेष्ठ २०७७ ०६:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App