१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

बागलुङको गलकोट नगरपालिकामा आइतबार साँझ एक गर्भवतीलाई हेलिकप्टरमार्फत उद्धार गरी पोखरा पठाइएको छ ।  

गलकोट–८ काँडेवास निवासी ३२ वर्षीया पार्वती हिस्ताङको पाठेघरको नलीमा शिशु गर्भमा बसी जटिल समस्या देखिएका कारण तत्कालै उद्धार गरी पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको नगरपालिका विपत् व्यवस्थापन समितिका संयोजक तथा वडा नम्बर ३ का वडाध्यक्ष वीरजङ्ग भण्डारीले जानकारी दिए ।  

गण्डकी प्रदेश सामाजिक मन्त्रालयको संयोजनमा गर्भवतीलाई प्रभु एयरको हेलिकप्टरमार्फत पोखरा पठाइएको हो । हिस्ताङको पाठेघरमा समस्या आएका कारण गलकोटस्थित आरोग्य अस्पतालमा उपचार हुन सकेको थिएन । 

प्रकाशित: २६ जेष्ठ २०७७ ०३:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App