१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

कास्कीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

कास्कीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ निर्देशनालयका अनुसार कास्कीको रुपा गाउँपालिकामा दई जनामा कोरोना देखिएको हो। 

रुपा गाउँपालिकाका २३ र ३२ बर्षका पुरुषमा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। यसअघि पोखरा महानगरपालिका ८ का एकजना ५९ बर्षका पुरुषमा हिजो मात्र संक्रमण देखिएको थियो। पोखरामा बिरामी परेर ३ दिन आगाडि हेलिकप्टरबाट काठमाडौ लगिएका ती पुरुषमा कोरोना पनि देखिएको निर्देशनालयले जनाएको छ। पोखरामा हिजो पहिलो संक्रमण देखिएपछि ती बिरामीको सम्पर्कमा आएका ब्यक्ति पहिचान प्रयाससमेत भइरहेको निर्देशनालयले बताएको छ।

 त्यस्तै स्याङ्जामा कोरोनाका १० जना सन्क्रमित थपिएका छन्। वालिङ नगरपालिकाका आठ र हरिनास गाउँपालिकाका २ जनामा कोरोना देखिएको निर्देशनालयका निर्देशक डा. बिनोद बिन्दु शर्माले बताए। बाग्लुङको ताराखोला गाउँपालिकाका १ जनामा पनि कोरोना देखिएको छ। त्यस्तै नवलपुरको बिनयी त्रीबेणी गाउँपालिकाका ३ जना पुरुषमा पनि संक्रमण देखिएको छ।

 निर्देशक शर्माका अनुसार सन्क्रमित सबैलाई जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भएको छ। गण्डकी प्रदेशमा अहिलेसम्म संक्रमण हुनेको सङ्ख्या ७५ पुगेको छ।

प्रकाशित: २४ जेष्ठ २०७७ ०२:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App