८ वैशाख २०८१ शनिबार
समाज

चट्याङ लागेर एक जनाको मृत्यु

मेघगर्जन र भारी वर्षासँगै आज बिहान परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।     मृत्यु हुनेमा महोत्तरी गाउँपालिका– १ बस्ने महावीर यादवको छोरा ५५ वर्षीय इन्दल यादव रहेको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

चौरमा भैँसी चराउन गएका यादवको आज बिहान करिब १० बजे भारी वर्षासँगै परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो । मृतक यादवको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउने तयारी भइरहेको जनाइएको छ ।     

प्रकाशित: १९ जेष्ठ २०७७ ०६:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App