२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

कोरोना संक्रमितको संख्या ५ सय नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या ५ सय नाघेको छ। पछिल्लो पटक २० जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएसँगै नेपालमा संक्रमितको संख्या ५ सय ७ पुगेको छ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेमा १४ र सुदूरपश्चि प्रदेशका विभिन्न जिल्लामा ५ जना नयाँ संक्रमित थपिएका छन्। बैतडीको शिवनाथ १ का २२ वर्षिय पुरुष, डडेल्धुराको परशुराम नगरपालिकाका २८ वर्षिय पुरुष र कैलालीका १९, २३ र २६ वर्षिय पुरुषमा संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। उनीहरुको सेती प्रादेशिक अस्पतालमा नमुना परीक्षण गरिएको थियो। यसैगरी बाँकेटमा १३ जनामा संक्रमण देखिएको छ। भेरी अस्पतालमा भएको परीक्षणमा १८ देखि ६१ उमेर समूहका पुरुषहरुमा कोरोना पोजेटिभ देखिएको हो। १३ जना नरैनापुरका छन्। एक जना राप्ती सोनारीका रहेका छन्। यस्तै मोरङको रतुमाइका ४१ वर्षिय पुरुषमा पनि पोजेटिभ देखिएको छ।

शुक्रबार एकै दिन २१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। सुशीत कोइराला प्रखर क्यान्सर अस्पतालबाट नेपालगञ्ज उपमहानगरपालिका ८ का २१ जना डिस्चार्ज भएको प्रवक्ता देवकोटाले बताए। यस्तै अहिलेसम्म प्रदेशनम्बर १ मा २६, प्रदेश नम्बर २ मा ६ जना, बागमती प्रदेशमा ९, गण्डकी प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा ५ जना निको भएर घर फर्किएका छन्।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ८ सय १९ जनाको नमुना परीक्षण भएको छ। आरडिटी विधिबाट ३ हजार ४ सय २१ जनाको परीक्षण भएको छ। अहिलेसम्म विधिबाट ४२ हजार ४ सय ८८ र आरडिटी विधिबाट ८२ हजार १ सय १६ जनाको नमुना परीक्षण भएको छ।

 

 

प्रकाशित: ९ जेष्ठ २०७७ ११:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App