१५ कार्तिक २०८३ आइतबार
image/svg+xml
समाज

ताप्लेजुङबाट २ सय ११ जनाले पाए वैवाहिक अंगीकृत नागरिकता

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट हालसम्म २ सय ११ जनालाई वैवाहिक अंगीकृत नागरिकता प्रदान गरिएको छ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईका अनुसार जन्मका सन्तानलाई वंशजका आधारमा दिइने नागरिकता भने ५ थान जारी भएको छ। १४ जनालाई गैरआवासीय नागरिकता प्रदान भए पनि चालु आर्थिक वर्षको यो अवधिसम्ममा भने एक जनाले पनि गैरआवासीय नेपाली नागरिकता नलिएको प्रशासन कार्यालयले जनाएको छ।

हालसम्म ताप्लेजुङ प्रशासन कार्यालयबाट १ लाख ९४ हजार ७ सय ६९ थान नागरिकता वंशजका नाताले जारी भएको समेत प्रशासन कार्यालयले जनाएको छ। प्रशासन कार्यालयमा रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण शाखामार्फत असोज महिनामा ७ सय ६९ जनाको राष्ट्रिय परिचयपत्रमा तथ्याङ्क भरिएकोमा ति सबै विवरण अनलाइनबाट प्रविष्टी गरिसकिएको समेत प्रशासन कार्यालयले जनाएको छ।

हालसम्म २ हजार २ सय २८ जनाले राष्ट्रिय परिचयपत्रको रुजु फारम हराई खोजीका लागि आवेदन दिएका छन् भने २ सय १० जनाले विवरण सच्याउनका लागि आवेदन गरेको समेत प्रशासन कार्यालयले जानकारी दिएको छ।

प्रकाशित: १५ कार्तिक २०८३ १२:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App