coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नेपाली भूमिमा भारतीय हस्तक्षेप (अपडेट)

नेपाली भूमिमा निर्माण गर्न लागिएको भवन भारतीय सुरक्षाकर्मीले रोकेपछि पुगेको फालेलुङ गाउँपालीकाको जनप्रतिनिधिसहितको टोली । तस्बिर : नागरिक

पाँचथर- नेपाली भूमिमा भवन निर्माणको काम सुरु गर्न खोज्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले रोकेको छ । भारतको सीमा नजिक पर्ने  पाँचथरको उत्तरी फालेलुङ गाँउपालिका–६ मा पर्ने आहाल भन्ने ठाँउमा निर्माण गर्न लागिएको संग्रहालय भवन निर्माण गर्न एसएसबीले रोकेको हो ।

वन डिभिजन कार्यालय पाँचथर मार्फत सो क्षेत्रमा भवन बनाउन लागिएको थियो । स्थानीय कुवलियत वन उपभोक्ता समितिले भवन बनाउने काम अघि बढाउन खोज्दा भारतीय सुरक्षाकर्मीले रोकेका हुन । नेपाली भूमिमा भारतीय सुरक्षाकर्मीले हस्तक्षेप गरेको भन्नेसुनेपछि फालेलुङ गाउँपालिकाका जनप्रतिनिधिले स्थलगत अनुगमन गरेका छन् ।  

भारतीय सुरक्षाकर्मीले नेपाली भुमिमा भवन  निर्माणको काममा रोक लगाएको गाउँपालिकका अध्यक्ष सञ्चकुमार केरुङले बताए । ‘नेपाली भूमिमै निर्माणको काम रोकिएको छ । यो अत्यान्त दुखत पक्ष हो । सो क्षेत्रमा भवन निर्माण नगर्नु, निर्माण गरे भत्काइदिन्छौँ भनेका रहेछन् । जनप्रतिनिधि, नेपाल प्रहरी, शसस्त्र प्रहरी सहितको टोली गएर स्थलगत रुपममा हेर्दा भारतीय पक्षले हस्तक्षेप गरेको पाइएको छ’, प्रमुख केरुङले भने ‘भारतीय सुरक्षाकर्मीसँग पनि कुरा भयो । उनीहरुले माथिको आदेश छ, हामी निर्माण गर्न दिदैनौँ,  निर्माण गरे भत्काउछौँ भनेका छन् ।’  

भारतीय सुरक्षाकर्मीले हस्तक्षेप गरेको विषय माथिल्लो निकायलाई जानकारी गराईने अध्यक्ष केरुङले बताए । इलामसँग समेत जोडिने सो स्थान उच्च पहाडी क्षेत्रमा पर्छ । यस अघि सन्दकपुरमा भ्यू टावर निर्माण गर्दा पनि भारतीय सुरक्षाकर्मीले अवरोध गरेका थिए । गाउँपालिका प्रमुख सहित वार्ड ५ अध्यक्ष जीवन कुमार राई, वार्ड नम्बर ४ का अध्यक्ष वुद्धिमान साउदेन सुरक्षाकर्मी तथा केहि स्थानीयको टोलीले अनुगमन गरेको थियो ।

वन डिभिजन कार्यालयले उक्त स्थानमा दश लाख रुपैयाँको लागतमा भवन निर्माण गर्न लागेको थियो । पर्यटकलाई परम्परागत संस्कृति देखाउने गरी भवन निर्माणको काम अघि बढाउन खोजिएको थियो ।  

वनले बजेट दिएर कबुलियती वन समूह मार्फत दुई कोठे भवन बनाउन खोज्दा एसएसबीले रोकेको भन्ने जानकारी प्राप्त भएकाले माथिल्लो निकायलाई जानकारी गराईसकिएको प्रमखु जिल्ला अधिकारी अर्जुन शर्मा गुरागाईले जानकारी दिए । सो क्षेत्रमा भारतीय सुरक्षाकर्मीले गस्ती बढाएको पाइएको सो क्षेत्र पुगेका प्राङबुङ्का शिल्प राईले जानकारी दिए ।  

उच्च पहाडी क्षेत्रमा पर्ने सिमानामा भारतीय सुरक्षाकर्मीको बाक्लो उपस्थीति छ । नेपाली सुरक्षाकर्मी बेला मात्र उक्त क्षेत्रमा पुग्छन् । जिल्लामा भारतसँग जोडिने ४५ किलोमीटर क्षेत्र रहेको छ । सीमा क्षेत्रमा शसस्त्र प्रहरी राख्ने चर्चा भएको लामो समय भएपनि अहिलेसम्म राखिएको छैन ।

 

 

 

प्रकाशित: १ जेष्ठ २०७७ ०४:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App