२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लहानमा युवकको घाँटी काटी हत्या

लहानमा मंगलबार विहान एक जना युवकको शव घाँटी काटी हत्या गरिएको अवस्थामा फेला परेको छ । हत्या गरी फालिएको शव लहान नगरपालिका–१७ गोबिन्दपुरका ३७ वर्षीय मोहम्मद सफिदको भएको पहिचान गरिएको छ ।

परिवारका अन्य सदस्यहरुसँगै रोजा खोलेर घर बाहिरको आँगनमा सुतेका सफिद विहान हत्या गरिएको अवस्थामा फेला परेको परिवारिक सदस्यलाई उद्धृत गर्दै लहान प्रहरी प्रमुख डिएसपी शरत थापाले बताए । परिवारका सबैसँगै खाना खाएर राति १० बजे सुत्न छुट्टिएका थिए । बिहान २ बजे परिवारका सदस्यहरु पुनः खाना खान उनलाई खोज्दा भेट्टाएनन् । कतै गएको होला भनेर सो समयमा खोज्न गएनन् । सबै खाना खाएर सुत्न गए । खोज्दै जाँदा परिवारकै सदस्यहरु उनलाई विहान ५ बजे आफ्नै बारीमा घाँटी काटि हत्या गरिएको अवस्थामा भेटाएपछि प्रहरीलाई खबर गरेका थिए ।

‘शरीरको विभिन्न भागमा धारिलो हतियारले काटिएको देखिन्छ’ डिएसपी थापाले भने,‘उनको सम्वेदनशील अंग र टाउँको छैन, खोज्दै छौं । छातीमा पनि काटिएको छ ।’ यो क्रुर र रहस्यमय हत्या हो उनले भने,‘हामी शुक्ष्म अनुसन्धान गर्दैछौं, छिट्टै हत्यामा संलग्नको पहिचान हुन्छ ।’ मुस्लिम समुदायहरुको रोजा पर्व चलिरहेको बेला भएको यस घटनाले गोबिन्दपुरबासी त्रासिद बनेका छन् । घटनास्थल मुचुल्कापछि शव पोष्टमार्टमका लागि लहान अस्पतालमा ल्याइएको छ ।

प्रकाशित: ३० वैशाख २०७७ ०४:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App