१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

‘लकडाउन छल्दै डाँडातिर’ (फोटो फिचर)

पोखरा – बेलुकी पाँच बज्नै लाग्दा गुफाडाँडामा फिरन्तेको भीड लागि सक्छ। गुफाडाँडा फेवातालको दायाँपट्टि पर्छ। यही डाँडा हुँदै मेथलाङसम्म पुग्न सकिन्छ। कोरोना भाइरस संक्रमणको त्रासले गर्दा मुलुक लामो समयदेखि लकडाउनमा छ। तर, त्यही लकडाउनले घरभित्रै थुनिएका नागरिक भने मौका पाउनासाथ डाडाँतिर उक्लिन थाल्छन्। 

गुफाडाँडा मात्र होईन, फेवातालपारिको रावीवन, फेवाताल किनारको फुटट्रयाक, लभ्लीडाँडा, काँहुडाँडा विरौटास्थित पावरहाउस क्षेत्रमा लकडाउन छल्दै हिडडुल गर्ने स्थानीयको ठेलमठेल नै हुन्छ। ‘कत्ति घरभित्र थुनिनु, त्यही भएर डाँडातिर उक्लेको,’ गुफाडाँडा उक्लेर फर्किदै गरेका पर्यटन व्यावसायी पोमनारायण श्रेष्ठले भने, ‘घरभित्र बस्दाबस्दै शरिर नै जाम भएजस्तो लाग्न थाल्यो।’
गुफाँडाडाबाट फेवाताल, पोखरा सहर, रानीवन सहित शान्तिस्तुपको सुन्दर दृष्य देख्न सकिन्छ। उत्तरतिर फर्किदा र्छलंग खुलेको हिमाल पनि देख्न सकिन्छ। जंगलै जंगल भएकोले लकडाउन छलेर डाँडा पुग्न सहज पनि छ । बाक्लो बस्ती छल्नासाथ जंगल सुरु भईहाल्छ। त्यसैले पनि प्रहरी छलेर जंगल उक्लिन सहज छ । मुल सडकबाट नजिक पर्ने भएकोले पनि डाँडातिर बाक्लो आउजाउ हुन्छ। 

हिड्नसक्नेहरु गुफाडाँडा पार गरेर मेथलाङसम्म पुग्न सक्छन। र्छलंग खुलेको दिन त गुफाडाँडा पुगेर पोखरा नियाल्दा केहीबेर मन चंगा हुन्छ। त्यसमा पनि फेवाताल र किनारको हरियालीले झनै मनमोहक तुल्याउँछ। दिउँसो चारबजेदेखि नै आसपासका डाँडा उक्लिन खोज्ने धेरै हुन्छन्। 

यतिबेला हाइकिङमा अपडाउन गर्नेहरु अरुबेला दिनभर कामकाजमा व्यस्त हुन्थे। तर, अहिले फुर्सदमा दिन कटाउन र शरिरलाई केही फुर्ति दिलाउन पनि उकालो लाग्ने गरेको बताउँछन्। हुन त यो बेला गर्मि मौसम हुनुपर्ने हो, तर, अहिले लगातार वर्षा हुँदा पोखरामा ज्याकेटले पालो पाएको छैन। त्यसैले पनि हिडडुल सहज भएको हाइकिङमा रमाउनेहरुको भनाई छ। पछिल्ला केहिदिन पोखरामा बिहानपख पानी परिरहेकोले पनि हिडडुल सहज भएको छैन। त्यसैले पनि बेलुकीपख हिडडुल गर्नेको भीड लाग्ने गरेको छ। चराचुरुंगीको आवाज र हरियाली अनि सफा सुन्दर सहरलाई नियाल्दै केहीबेर उकाली ओराली लाग्दा कोरोनाको पीडा नै बिर्साउने हाइकिङमा रमाउनेको अनुभव छ। 

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App