१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

कोरोनाविरुद्धको कोषमा ७५ हजार जम्मा

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्थापना गरेको कोरोना भाइरसविरुद्धको कोषमा दुई समाजसेवीबाट ७५ हजार रकम जम्मा भएको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा घर भइ हाल ललितपुरमा बसिरहेका मणिकुमार राईले ५० हजार र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा घर भइ हाल भक्तपुर निवासी प्रेमप्रसाद भट्टराईले २५ हजार रकम जम्मा गरिदिएका हुन् ।

विपदको सामना गरिरहेका स्थानीय सरकारसँग हातेमालो गर्ने प्रयास स्वरुप दुई समाजसेवीले विपद व्यवस्थापन कोषमा सहयोग रकम जम्मा गरिदिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी उपमेयर बिणादेबी राईले बताईन् ।

विपदको बेलामा होस्टेमाहैंसे गर्नका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विपद व्यवस्थापन कोषमा रकम जम्मा गरेर सहयोग गर्न आग्रह गरेको केही समयपछि दुई समाजसेवीबाट सहयोग मिलेको हो । सहयोगीबाट प्राप्त भएको रकम कोरोना भाइरस विरुद्धको क्रियाकलाप सञ्चालनकाक्रममा उपयोग गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकाले साविककै विपद व्यवस्थापन कोषलाई कोरोना विरुद्धको विपद व्यवस्थापनको काममा उपयोग गरिरहेको छ ।

प्रकाशित: २४ वैशाख २०७७ ०७:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App