४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

डायलासिस गराउने बिरामीलाई यातायात खर्च

दुलेगौंडा – पाँच सातादेखिको लकडाउनमा सार्वजनिक सवारी नचल्दा नियमित डायलासिस गराउन अस्पताल जाने बिरामीलाई सकस छ। सार्वजनिक सवारी नपाउँदा बिरामीले मोटो रकम तिर्नुपर्ने बाध्यता छ। उपचारमा सबै रकम सकाएका परिवारलाई यातायातको रकम जोहो गर्न पनि धौधौ भएको अवस्था छ। 

तनहुँको शुक्लागण्डकी नगरपालिकाले भने मिगौलाको डायलासिस गराउने बिरामीलाई सघाउन यातायात खर्च दिने भएको छ। लकडाउन अवधिभर अस्पताल आउजाउ गर्न हरेक पटकको एक हजार रुपैयाँ यातायात खर्च दिने नगर प्रवक्ता खिमबहादुर कुमालले बताए। ‘नगरपालिकाले दिने यातयात खर्चले बिरामीलाई सहज हुने विश्वास लिएका छौं,’ उनले भने। 

मिर्गौलाका बिरामीले सातामा दुईपटक डायलासिस गराउँछन्। शुक्लागण्डकीका बिरामी डायलासिस गर्न दमौली र पोखरा जानुपर्ने बाध्यता छ। नगरपालिकाले संकलन गरेको तथ्यांकअनुसार नियमित डायलासिस गराउने बिरामी नौजना रहेका छन्। 

प्रकाशित: २४ वैशाख २०७७ ०३:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App