५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

हत्यारा पत्ता लगाउन माग गर्दै स्थानीयले गरे लकडाउन तोडेर नारा जुलस

कैलाली- कैलालीको मध्यवर्ती क्षेत्र मसुरियामा लकडाउन तोड्दै स्थानीय सडक आन्दोलनमा उत्रिएका छन् । स्थानीय शिक्षक कृष्णप्रसाद भुसालका हत्यारा पत्ता लगाउन प्रहरी प्रशासनले आनाकानी गरिरहेको भन्दै उनीहरु सोमबार दिउँसोदेखि सडक आन्दोलनमा उत्रिएका हुन् ।

भुसाल मसुरियास्थित विहानी क्षितिज बोर्डिङ स्कुलका संस्थापक तथा एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष समेत थिए । वैशाख ११ गते राति पहलमानपुरस्थित पूर्वपश्चिम राजमार्ग किनारमा साइलकसहित मृत अवस्थामा भेटिएका भुसालको चप्पल तथा मास्क मसुरियाको शंकरपुरस्थित शिवशंकर सामुदायिक वनमा भेटिएको थियो । पहलमानपुर साथीलाई भेटेर साइलकमा फर्केका उनको सुनियोजित तरिकाले हत्या भएको भन्दै स्थानीय ध्वजबहादुर खातीले भने,‘घटना घटेको १२ दिन भइसक्यो, अहिलेसम्म प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन, त्यही भएर आज हामी लक डाउन तोड्दै सडकमा उत्रिन बाध्य भएका हौँ ।’

हरेक दिन हत्याराका बारेमा सोध्दा प्रहरीले अनुसन्धान जारी छ मात्रै भनिरहेको र १२ दिनसम्म पनि पीडित पक्षलाई आश्वस्त हुने खालको परिणाम बाहिर नआएपछि बाध्य भएर लक डाउन तोड्दै सडक आन्दोलनमा उत्रिएको बताउँदै अर्का स्थानीय पिताम्बर पौडेलले भने,‘आज हामीले मसुरियादेखि पहलमानपुर चौकसम्म नाराजुलस गर्नुका साथै मसुरियामा टायर बालेर विरोध गरेका छौँ ।’ अझै पनि पीडित परिवारलाई आश्वस्त पार्ने काम भएन भने हामी लक डाउन तोड्दै निरन्तर बाहिर निस्कने छौँ ।’

घटनालाई सुक्ष्म तरिकाले अध्ययन गरिरहेको बताउँदै जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षबहादुर बस्नेतले भने,‘उहाँ प्रतिष्ठित व्यक्तित्व भएकाले पनि घटना सुनियोजित हुन सक्छ, त्यही भएर हामी संवेदनशीलत भएर अध्ययनमै जुटेका छौँ ।’ पीडित परिवारले पहलमानपुर क्षेत्रका पाँच जनाको नाममा किटानी जाहेरी गरेकाले उनीहरुलाई दस दिनको म्याद थप गर्दै सोधपुछ तथा अनुसन्धान गरिरहेको उनले बताए ।

 

प्रकाशित: २२ वैशाख २०७७ १४:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App