२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लकडाउन पालना गर्दै, सचेतनामुलक सन्देश प्रवाह

भैरहवा- हरेक वर्ष मुस्लिम समुदाय रमजान महिनामा ५ पटक नियमित सामूहिक नमाज पढ्थे, मस्जिद मदरसामा समेत कुरान पाठ, साझ सुर्यास्त भएपछि सामूहिक रुपमा अफतारी(व्रत तोड्ने), रमजान महिनामा मात्र सामूहिक विशेष नमाज तराबी पढ्ने गरे पनि यस वर्षको रमजान भैरहवाका सबै फरक किसिमले मनाइरहेका छन् । एकआपसमा भेटघाट तथा शुभकामना आदानप्रदान गरी मनाइने रमजान कोरोना त्रासले सुनसान छ ।

विगतका वर्षमा रमजान भरि मस्जिदमा भिडभाड र रौनक हुन्थ्यो, लाउडस्पिकरबाट अल्लाहका सन्देशहरु सुनाइन्थयो तर यस वर्ष यस्ता कुनै पनि प्रकारका गतिविधी भएका छैनन् । लाउडस्पिकरबाट नै घर घरमा बसेर सामाजिक दुरी कायम नमाज पढौ, कुरआन पाठ गरौ, कोरोना भाइरसबाट जोगिन मास्क लगाउ, लकडाउन पूर्ण रुपले पालन गरौ, घरमै बसौ जस्ता सचेतनामुलक सन्देश प्रवाह भैरहवा क्षेत्रका सबै मस्जिद मदरसाबाट भइरहेको छ । दैनिक रुपमा पढिदै आएको सामूहिक नमाज पनि रोकिएको छ । अधिकांश मस्जिदका प्रतिनिधिहरु बाहिरीए पनि भएका केही मौलानाहरुले मस्जिद खाली राख्नु हुन्न भन्ने मान्यता अनुरुप दैनिक एक्लै भए पनि नमाज पढ्ने , अजान दिने काम गरिरहेका छन् ।

मुस्लिमहरुको महान धार्मिक ग्रन्थ कुरआन अवतरण भएको महिना हो रमजान । शुक्रबार राति चन्द्रमा देखिएपछि शनिबारबाट रमजान महिना सुरु भएको छ । रमजानको सुरुवातसगै रोजा(उपवास) सूरु भएको छ । इस्लामिक पात्रोका अनुसार हिजरी संवतको नवौं महिनालाई रमजानका रुपमा लिइन्छ । एक महिनासम्म चल्ने रमजानमा इस्लाम धर्मावलम्बीहरुले उपवास (व्रत) बस्नुपर्छ, जसलाई ‘रोजा’ भनिन्छ । सूर्य उदाउनुभन्दा लगभग दुई घन्टा अगाडि केही खानेकुरा (सेहरि) खार्ई सुरु गरिएको (व्रत) रोजा सूर्यास्त भइसकेपछि अफतारी (व्रत तोडनु)गरी रोजा खोल्नुपर्छ । रोजाको समयमा मुसलमान निराहार यहाँसम्मकी जानेर थुक पनि निल्नु हुँदैन ।

रोजा जस्तो कठिन व्रत गर्ने व्रतालुले यस महिनालाई पवित्र महिनाका रुपमा लिएको पाइन्छ । तीस दिनको यो रमजान महिनालाई तीन भागमा बाँडिएको छ । पहिलो १० दिन बरक्कत (फलिफलाप), दोस्रो १० दिन रहमत (दया–माया) र अन्तिम १० दिन मगफिरत (अल्लाहबाट माफी) पाउने मुसलमानले यी तीन कुरा प्राप्त गर्न अल्लाहको आदेशलाई पालना गर्न रोजा बस्ने गर्छन् ।

रोजा बस्ने धर्मावलम्बीले आफ्नो शरीरलाई चोखो राखी दिनमा नियमित पाँचपटक नमाज पढ्नुका साथै रातमा थप तराबीको नमाज पढ्ने गरिन्छ । तराबी भनेको कुरान पूरै कण्ठस्थ भएको धर्मगुरु हाफिजले पढाउने विशेष नमाज हो । तर देश अहिले लकडाउनको अवस्थामा रहेकोले सामूहिक रुपमा पढाइदै आएको सबै नामज घर घरमै सामाजिक दुरी राख्दै पढिरहेका छन् । कोभिड–१९ भाइरसको जोखिमसँगै मुस्लिम समुदायले सावधानी अपनाउदै रमजान मनाइ रहेका छन् ।

मानिसमा प्रेम र अल्लाहप्रति विश्वास जगाउनु, धार्मिक रीतिरिवाजको माध्यमबाट गलत कार्यबाट टाढा राख्नु, गलत कार्य गरेमा पश्चात्ताप गर्नुे, झूटो नबोल्नु, शान्तिले बस्नु र गरिब तथा दीनदुःखीलाई दान र दया गर्नु यो पर्वको विशेषता हो । रमजान महिना गरिब, दिनदुःखी र असहायका लागि नराम्रो नहोस् भन्ने दृष्टिकोणबाट अल्लाहले इस्लाम धर्ममा यस महिनाका लागि विशेष व्यवस्था गरेका छन् ।

यस महिनामा प्रत्येक मुसलमानले जनही एक किलो ७५० ग्राम गहुँ वा सो बराबरको मूल्य फित्तरा निकाल्नुपर्छ भने वर्षभरिको आमदानी र सम्पत्तिबाट अढाइ प्रतिशत जकात (कर) निकाल्नुपर्छ । यस्तो फित्तरा र जकात गरिब, असहाय, दिनदुःखी मस्जिद वा मदरसामा दिनुपर्छ मुस्लिम अगुवा बताउँछन् । यो नेपालमा मात्र नभई संसारभरिकै मुसलमानमा लागू हुन्छ ।

मुस्लिमले इस्लाम धर्मका पाँच आधारभूत सर्त कलमा, रोजा, नमाज, जकात र हजअन्तर्गत हजबाहेक सबै आधारभूत सर्तहरु यही महिनामा पूरा गर्न सकिन्छ । तीस दिनको रोजा पूरा गरिसकेपछि इदको चाँद अर्थात् चन्द्रमा हेरेर भोलिपल्ट इदुलफित्र इद मनाइन्छ ।

प्रकाशित: १४ वैशाख २०७७ १५:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App