२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

फुङ्लिङ नगरपालिकाले दियो प्रधानमन्त्री राहत कोषमा १ लाख ११ हजार

प्रधानमन्त्री राहत कोषमा गरिने सहयोगको चेक प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गर्दै फुङ्लिङ नगपालिकाका प्रमुखसहितको टिम । तस्बिर : खगेन्द्र/नागरिक

ताप्लेजुङ- देशभरका स्थानीय तहले आ–आफ्ना पालिकामा कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोष खडा गरेर सहयोगका लागि आवहन गरिरहेका बेला ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले भने आफ्नो आन्तरिक आम्दानीबाट प्रधानमन्त्री मातहत रहेको राहत कोषमा सहयोग गरेको छ ।

फुङ्लिङ नगरपालिकाले प्रधानमन्त्री मातहत रहेको कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा हुने गरी १ लाख ११ हजार १११ रुपैयाँ सहयोग पठाएको हो । प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलामार्फत प्रधानमन्त्री मातहत रहेको कोषमा सहयोग गरेको फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेलले जानकारी दिए ।

‘आफ्नो कोषबाट बचाएर देशभरका नागरिकलाई सहयोग पुग्ने गरी प्रधानमन्त्री मातहत रहेको कोषमा रकम सहयोग गरेका हौं’नगरप्रमुख प्याकुरेलले भने । प्रमुख जिल्ला अधिकारी निरौलाले बिपद्का बेला हुने सहयोगले पीडित र प्रभावितहरुको मल्हमपट्टीमा योगदान पुग्ने भएकोले नगरपालिकाले गरेको सहयोगको सह्राना गरे ।

 

प्रकाशित: ७ वैशाख २०७७ १०:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App