२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

इटहरीमा एक करोड ३६ लाख बढीको राहत वितरण

इटहरी- कोरोना भाइरसका कारण दैनिक ज्यालादारी गर्ने र आर्थिक अवस्था न्यून भएका परिवारलाई इटहरीमा एक करोड ३६ लाख ९१ हजार बराबरको राहत प्रदान गरेको छ।

इटहरीका २० वटा वडाका १९ हजार ५५९ परिवारलाई राहत वितरण गरेको उपमहानगरपालिका उपप्रमुख लक्ष्मी गौतमद्वारा सार्वजनिक गरिएको सूचनामा उल्लेख छ। यी परिवारलाईं पहिलो चरणमा वडा कार्यालयले लगत संकलन गरि राहत प्रदान गरेको हो।

उपमहानगरपालिकाले दस केजी चामल, एक केजी नुन, एक किलो दाल र आधा लिटर तेल उपलब्ध गराएको हो। अब दोस्रो चरणमा पनि राहत वितरण गर्ने तयारी भएको छ। पहिलो चरणमा राहत वितरण गर्दा हुनेखाने र पहुँचवालाले समेत प्राप्त गरेको गुनासो बढेपछि दोस्रो चरणमा भने आवश्यक मापदण्ड बनाएर वितरण गर्ने तयारी गरेको छ।

कारोनाको रोकथामका लागि इटहरी उपमहानगरपालिकाले स्थापना गरेको कोषमा दाताबाट झन्डै २५ लाख रुपैयाँ संकलन भएको छ। दाताले कोषमा जम्मा गर्न घोषणा गरेको २८ लाखभन्दा बढी संकलन हुन बाँकी छ।

विश्वभरी नै महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको रोकथाम, नियन्त्रण, उपचार र राहत कोषमा सहयोग गर्ने क्रम दाताबाट २४ लाख ८९ हजार ४२५ रुपैयाँ संकलन भई सकेको छ। उपमहानगरपालिकाले ८० लाख रुपैयाँ स्थापना गरेको कोषमा जम्मा गर्न अपील गरेपछि दाताले सहयोग गरेका हुन्। कोषमा रकम जम्मा गर्ने क्रम जारी छ।

कोषमा उपमहानगरपालिकाका जनप्रतिनिधिले एक महिना सेवा सुविधा र कर्मचारीको सात दिनको तलब जम्मा गर्ने पनि निर्णय गरेका छन्। चैत २७ गतेसम्म इटहरी उपमहानगरले वितरण गरेको राहतको वडागत विवरण, प्रकोप व्यवस्थापन कोषमा संकलित रकम, सहयोगका लागि गरिएको घोषणा, खाद्यान्न र जनता क्याम्पस इटहरीमा क्यारेन्टाइन निर्माणमा जुटेको सहयोगको विवरण उपमहानगरले सार्वजनिक गरेको छ।

प्रकाशित: २८ चैत्र २०७६ १०:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App