२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री प्रदान

रसुवा - प्रतिनिधि सभाका सांसद मोहन आचार्यले जिल्ला विपद् व्यवस्थापन समिति रसुवालाई सात प्रकारको स्वास्थ्य सामग्री प्रदान गरेका छन्। विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि उनले यी आवश्यक सामग्री प्रदान गरेका हुन्। 

उनले बिहीबार प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीलाई सामग्री हस्तान्तरण गरेका छन्। उनले यो दोस्रो पटक सामग्री प्रदान गरेका समितिले जनाएको छ। यसले कोरोना भाइरसको संक्रमणबाट बच्न र संक्रमण भएको खण्डमा उपचार गर्नका लागि सहज हुने छ। 

समितिका अनुसार हेड कभर ८०, आइ प्रोटेक्सन गगल्स ४०, बुट ४०, एफएफपी टु एनआरडी माक्स ३ सय ६४, सु–कभर ७३, फेस सिल्ड ४०, डिस्पोजेबल गोन ४०, स्टेरल सर्जिकल ग्लोब्स १ हजार ५ सय २० र लुज ग्लोब्स १ सय वटा प्रदान गरेका हुन्। यी सामग्री आवश्यकता अनुसार वितरण गरिने प्रजिअ भण्डारीले बताए।

 

प्रकाशित: २८ चैत्र २०७६ ०३:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App