२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

इँटाभट्टाको पोखरीमा डुबेर पुरुषको मृत्यु

फाइल तस्बिर : नागरिक

भक्तपुर - चाँगुनारायण नगरपालिका–८ सुडालमा रहेको बीएम इँटाभट्टाले बनाएको पोखरीमा डुबेर उदयपुर गाईघाट नगरपालिका–४ आमटार घर भई सोही भट्टामा काम गर्ने ३० वर्षीय मुकेश राईको गए राति मृत्यु भएको छ।

इँटा बनाउने पानी जम्मा गर्न बनाइएको पोखरीमा डुबेर मृत्यु भएको थाहा पाएपछि प्रहरीले पोखरीबाट शव झिकेर परीक्षणका लागि भक्तपुर अस्पताल पठाएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

इँटाभट्टाले गहिरो पोखरी खन्ने र खुला छाड्ने गर्दा हरेक वर्ष बच्चाको मृत्यु हुँदै आएकामा यस वर्ष पुरुषको मृत्यु भएको छ। घटनाबारे अनुसन्धान शुरु गरेको प्रहरीले जानकारी दिएको छ। रासस

 

प्रकाशित: २३ चैत्र २०७६ ०६:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App