८ वैशाख २०८१ शनिबार
समाज

चितुवाको आक्रमणबाट डडेल्धुरामा फेरी एक जना घाइते

चितुवाको आक्रमणबाट घाइते भएका स्थानीय नरफान सार्की ।

डडेल्धुरा- चितुवाले आक्रमण गर्दा एक जना घाइते भएका छन्। जिल्ला सदरमुकाम नजिकै शनिबार दिउँसो चितुवाले आक्रमण गर्दा अमगढी नगरपालिका–११ का नरफान सार्की घाइते भएका हुन्। ६८ वर्षिय सार्की उनकै लिटिर गाउँ नजिकैको वन क्षेत्रमा बाख्रा चराउन गएका थिए। बाख्रा घर ल्याउदै गर्दा शनिबार दिउँसो करिब अढाई बजेतिर चितुवाले उनलाई आक्रमण गरेको हो।

चितुवाको आक्रमणबाट उनको देब्रे कानमा चोट पुगेको छ। उपचारका लागि डडेल्धुरा अस्पताल पुगेका सार्कीले चितुवाले आफूलाई एक्कासी आक्रमण गरेको बताए। तीन जना गोठाला थियौ। उनले भने, एक जना महिला र एक जना पुरुष अलि पर पारि पट्टि थिए। म बाख्रासंगै आउदै थिए। बाघले एक्कासी झम्टियो। तिनै जनाले कोलाहल मचाएपछि भागेको उनले सुनाए।

बाघ बाख्रालाई दोबि बसेको र आफू पनि बाख्रासंगै भएकाले बाघको पञ्जा आफ्नो कानमा परेको हुन सक्ने उनले बताए।
उनको घाँटीमाथि चोट लागेकाले उपाचारका लागि उनलाई रेबिजविरुद्धको ईमिनोग्लोबिन भ्याक्सिन आवश्यक पर्ने डडेल्धुरा अस्पतालले जनायो। यो भ्याक्सिन काठमाडौको टेकु भन्दा अन्यत्र उपलब्ध छैन। यो पनि चोट लागेको ७२ घण्टाभित्र नै लगाई सक्नु पर्ने हुन्छ। अरु भ्याक्सिन भन्दा अलि महंगो समेत हुने उपचारमा संलग्न स्वास्थ्यकर्मी सन्तोष भट्टले बताए। डडेल्धुरा अस्पतालमा उनलाई टिटि र एआरबि भ्याक्सिन दिइएको उनले बताए।

यसअघि चितुवाको आक्रमणमा परि डडल्धुराकै एक जना वृद्धा घाइते भएकी थिइन्। गत माघ २० गते सोमबार गन्यापधुरा गाउँपालिका–३ सकायल पैतडा टाल बस्ने ७९ वर्षिया वृद्धा जोगि देउवा घाइते भएकी थिइन्। आफ्नै घर नजिकको गहुबारिमा घाम तापिरहेकी उनलाई चितुवाले आक्रमण गरेको थियो।
 

 

प्रकाशित: १ चैत्र २०७६ ११:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App