८ वैशाख २०८१ शनिबार
समाज

प्लास्टिक प्याकिङको खाद्यन्नले स्वास्थ्यमा असर बढ्दै

काठमाडौं – प्लास्टिकमा प्याकिङ गरिएका खाद्य पदार्थ खानले स्वास्थ्यमा गम्भिर असर पर्नेगरेको बताइएको छ। पछिल्लो समय खाद्य पदार्थ प्लास्टिकमा प्याकिङ गर्ने प्रचलन बढेसँगै यसको असर बढ्दै गएको काठमाडौंमा आयोजित पत्रकारसम्मेलनमा जानकारी दिइएको थियो।

हेल्थ इन्भारोमेन्ट क्लाइमेट एक्सन फाउन्डेसनले आयोजना गरेको पत्रकार सम्मेलनमा प्लाष्टिकमा प्याकिङ गरिएका खाने कुराले स्वास्थ्यमा प्रत्यक्ष असर पार्दै आएको दाबी गरिएको छ।

फाउन्डेसनका कार्यकारी निर्देशक महेश नकर्मीले आधुनिक्तासँगै प्लास्टिकको प्रयोगमा वृद्धि हुँदै गएको बताए। ‘पहिला हाम्रा पूर्खाले रुखको पात, कपडा, माटोका भाडालगायतका सामग्रीको प्रयोग गर्दै आएको थियो,’ उनले भने, ‘प्लास्टिक युगको विकाससँगै विश्वका अन्य ठाउँमा पनि यस्तै होला। आधुनिकताले सहजता दिएपनि स्वास्थ्यमा जोखिकसमेत उत्तिकै बढाएको छ।’ प्लास्टिकमा प्याकिङ गरिएका खानेकुरा हेर्दा आकर्षक देखिएपनि स्वास्थ्यको लागि जोखिम रहेकाले यसको प्रयोगमा कम गर्न नकर्मीको सुझाव छ।

प्लास्टिक तयार गर्नका लागि १२ हजारभन्दा बढी केमिकलको प्रयोग हुने गर्दछ। यसमा खाद्यवस्तु प्याकिङ गर्दा मानव स्वास्थ्यमा गम्भिर स्वास्थ्य समस्या हुने गरेको विज्ञहरूको दाबी छ।

फाउन्डेसनकी कार्यक्रम अधिकृत सरस्वती कर्माचार्यले विश्वमा सन् १९५० देखि प्लास्टिक प्रयोगमा आएको बताइन्। प्लास्टिककै कारण विभिन्न रोगको शिकार हुनुपरेको स्वास्थ्य तथ्यांकले देखाएको उनको दाबी छ। अहिले विश्वमा ८३ मेट्रिकटन प्लास्टिक प्रयोग हुने गरेको बताइएको छ। सबै किसिमका मानिसलाई प्लास्टिक नै सहज लाग्ने गरेकाले प्रयोग पनि बढ्दै गरेको कर्माचार्यको भनाइ छ।

प्लास्टिक मिसाएको केमिकलले मानव स्वास्थ्यमा नकारात्मक असर पार्दै गएको बताइएको छ। दैनिक प्लास्टिक जन्य खाद्यपदार्थको प्रयोगले जनजीवन कम्जोर हुँदै गएको फाउन्डेसको दाबी छ। नेपालमा मात्र नभइ विश्वमा प्यास्टिकको प्रयोगले खाद्य पदार्थमा असर पर्दै गएको फाउन्डेसनका बोर्ड सदस्य श्रीरामसिंह बस्नेतले बताए। प्लास्टिक तयार गर्नका लागि १२ हजारभन्दा बढी केमिकलको प्रयोग गर्ने गरेको उनले जानकारी दिए।

यसमा प्याकिङ गरिएका खानेकुरा खाँदा केमिकल मानिसको शरीरमा प्रवेश गर्ने गरेको उनको भनाइ छ। यसले गर्दा क्यासर जस्ता घातक रोगको जोखिम हुनु गरेको सदस्य बस्नेत बताउँछन्। विश्वमा १ मिनेटमा १ मिलियनभन्दा बढी प्लास्टिक खपत हुने गरेको उनको दाबी छ। हेल्थ इन्भारोमेन्ट क्लाइमेट एक्सन फाउन्डेसनले दुई वर्षदेखि अभियान चलाउँदै आएको छ।

प्रकाशित: २६ फाल्गुन २०७६ ०४:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App