२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

चीनबाट फर्केका चालकदलका सदस्य 'क्वारेनटाइन'बाट मुक्त

काठमाडाैं - चीनको वुहानमा रहेका नेपालीलाई स्वदेश ल्याउने १८ जना चालक दलका सदस्यहरु सोमबारदेखि क्वारेनटाइन मुक्त भएका छन्। उनीहरुको दुई चरणको कोरोना संक्रमणको परीक्षण नेगेटिभ आएपछि घर फिर्ता पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। उता खरिपार्टी क्वारेनटाइनमा रहेका १ सय ७५ जना नेपालीहरुको पनि दोस्रो चरणको नमूना शनिबार नै संकलन भइसकेको र पूरा रिपोर्ट आएपछि उनीहरुलाई पनि घर फर्काइने मन्त्रालयले जनाएको छ।

 आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कार्यकालको १ सय दिन पुरा भएको अवसरमा पत्रकार सम्मेलन गरी कार्य प्रगति र कोरोनाबारे जानकारी दिएका हुन्। हाल चीन लगायत अन्य मूलुकमा फैलिएको कोरोना नेपालको लागि पनि उच्च जोखिममा रहेको जनाउँदै त्यो अनुसार व्यवस्थापनमा लागेको बताए। जसमा अन्तराष्ट्रिय विमानास्थलमा थप तीन वटा इन्फारेट रेडियशन थर्मोमिटरको  व्यवस्थापन भइसकेको मन्त्रालयले जनाएको छ।

त्रिभुवन अन्तराष्ट्रिय विमानास्थलमा हरेक यात्रुको स्वास्थ्य परीक्षण  

– कोरोना संक्रमण अन्य देशहरुमा पनि तिब्र फैलिएको र नेपाल त्यसको उच्च जोखिममा रहेको जनाउँदै नेपाल सरकारले आइतवारदेखि नै सबै यात्रुको स्वास्थ्य जाँच गर्ने जनाएको छ। विदेश जाने यात्रु र आउने दुबै यात्रुको स्वास्थ्य जाँच गर्ने तथा उनीहरुको विस्तृत विवरण राख्ने जनाएको छ।

अन्तराष्ट्रिय विमानास्थलमा आउने र बाहिर जाने सबैै यात्रुको स्वास्थ्य जाँच गरिने व्यवस्था मिलाइसकेको, आइतवारै  रसुवा तथा सिन्धुपाल्चोक नाकामा चिकित्सक पठाएको मन्त्रालयले जनाएको छ।

भविष्यमा आउन सक्ने जोखिमको सम्भावनालाई घटाउन नाका स्वास्थ्य व्यवस्था र क्वारेनटाइन व्यवस्था तयारी अवस्थामा  राखिएको,जोखिम देशहरुमा जानको लागि प्रतिवन्ध लगाउने अन्तिम चरणमा पुगेको पनि मन्त्री ढकालले जानकारी दिए। ‘जोखिम देशबाट आउने र जाने दुवैको लागि प्रतिबन्ध लगाउने निर्णय नजिक पुगेको छ’उनले भने। त्यसै गरी कोरोना व्यवस्थापनकै लागि नेपाल सरकारले तीन वटा छुट्टै टोली समेत गठन गरिसकेको जनाए।

 मन्त्रालयका अनुसार नेपालमा  कायम कोरोनाको उच्च जोखिम व्यवस्थापन गर्न तीन तह प्रक्रिया अपनाउने, आवश्यक सामाग्रीको वन्दोवस्ती गरेको,उपत्यकाका सवै हव अस्पतालसित वैठक तथा समन्वय गरेको शनिवार प्रधानमन्त्री निवासमा भएको बैठकको सुझाव अनुसार थप काम गरिने मन्त्रालयले जनाएको छ। सोही क्रममा मन्त्री ढकालले सर्वसाधरण जनतालाई भीडभाडबाट बच्न भोजभतेर जस्ता जमघटका कार्यक्रम नगर्न सुझाव दिएका छन्।

यो अवधिमा नियमित काम बाहिर आइपुगेको कोरोना व्यवस्थापनमा बढी समय  खर्चिनु परेको मन्त्री ढकालले बताए।  तीन महिनाको अवधिमा मन्त्रालयमा केही उल्लेख्य सुधार गर्न सफल भएको मन्त्री ढकालले दाबी गरे। कोरोना जोखिम देशहरुमा रहेका अन्तराष्ट्रिय कार्यक्रममा राष्ट्रको प्रतिनिधि जान समेत स्थगित गर्ने निश्कर्षमा पुगेको समेन ढकालले जानकारी दिए।

यो अवधिमा स्वास्थ्य सेवा कार्यान्वयन गर्न सेवा प्रवाह,विस्तार तथा स्वास्थ्य सेवामा आवश्यक नीति नियममा सुधार गरेको मन्त्रालयले जनाएको छ। मुख्य तथा सहायक राजमार्ग स्थित स्वास्थ्य संस्थाहरुमा ट्रमा सेन्टर स्थापना तथा संचालन गर्न एक कार्यविधीको निर्माण गरिने,देशको पश्चिमी जिल्लाहरुमा सिकलसेल एनिमियाँको व्यवस्थापनको लागि सिकलसेल एनिमियाँ परामर्श कर्नर सेवा स्थापना कार्यविधि निर्माण,राष्ट्रिय स्वास्थ्य वित्त नीति तर्जुमा,घरमा आधारित स्वास्थ्य सेवा मापदण्ड र कार्यविधी २०७६’ ,संघीय ‘राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वय। सेविका कार्यविधी २०७६’ निर्माण भएको छ।

यही अवधिमा दूरचिकित्सा सम्वन्धी मापदण्ड तथा कार्यविधी,बिभिन्न परिषद तथा प्रतिष्ठानमा रिक्त पदाधिकारीहरुमा नियुक्ति, विमस्टेकफोर्सको परम्परागत उपचार पद्धति विषयक अन्तराष्ट्रिय गोष्ठी सम्पन्न,प्रादेशिक प्रयोगशाला स्थापनाको लागि कार्य अघि बढेको,अमेकिारमा फेलोसिप अध्ययनको लागि स्टेटमेन्ट अफ निड प्रदान गर्ने व्यवस्था गर्ने, केन्द्रीय पाँच अस्पतालहरुमा अस्पताल विकास समिति गठन गर्ने आदेश स्वीकृत गरेको,कर्मचारी कार्यसम्पादनको लागि ९ बुँदे निर्देशन,क्षयरोग प्रिभेलन्स सर्वे प्रतिवेदन तयार भएको जानकारी दिइयो।

सोही अवसरमा दर्जनौ अस्पताल तथा सवै स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन,नो वटा संघीय अस्पतालहरुमा न्युनत्तम सेवा मापदण्ड लागु भएको,कर्मचारी समायोजनको ७ हजार स्थगित काम मध्ये ४ हजार भन्दा बढी समायोजन भइसकेको,सुरक्षित मातृत्व स्वास्थ्य नियमावली अन्तिम चरणमा पुगेको,सुरक्षित मातृत्व तथा सवलीकरण कार्यक्रम सम्पन्न,विकासमा जनसांखिक लाभाशंको उपयोग कार्यक्रम,एकीकृत स्वास्थ्य सूचना कार्यक्रम यही अवधिमा सम्पन्न भएको जनाए।

त्यसै गरी प्रत्येक स्थानीय तहमा एक अस्पतालको नीति अनुरुप १५ शैय्या सम्मका २ सय ३६ स्वास्थ्य संस्था सूचीकृत गरिएको,वीर अस्पतालमा २० वटा आइसियु सेवा थप गरिएको,देशभरका १ सय ९० स्थानमा खोपको लागि कोल्डचेन मेनटेन गर्न रेफि«जेरेटर राखिएको,तीन  वटा स्वास्थ्य  प्रतिष्ठानमा सिनेट वैठक सम्पन्न गरेको जनाइएको छ।

प्रकाशित: १९ फाल्गुन २०७६ १०:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App