१ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

खोलाको खाल्टो सम्याउन पत्राचार

रौतहट – जिल्ला समन्वय समिति रौतहटले खोलाको खाल्टो सम्याउन पाँचवटा स्थानीय तहलाई पत्राचार गरेको छ। वाग्मती नदी, चाँदी खोला तथा लालबकैया खोलामा सम्बन्धित नगरपालिकाद्वारा ठेक्का वा अन्य प्रक्रियाद्वारा भइरहेको नदीजन्य पदार्थको उत्खननको सम्बन्धमा आइई भएका स्थानको चार किल्ला स्पष्ट देखिने गरी छुट्याउन र खोलामा रहेका खाडल सम्याउन पत्राचार गरेको हो।

जिल्ला समन्वय समिति रौतहटले चन्द्रपुर, वृन्दावन, गुजरा, फतुवा विजयपुर र गढीमाई नगरपालिकालाई निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको उपप्रमुख रामअशिष राय यादवले जानकारी दिए। नदीजन्य पदार्थको जथाभावी दोहन हुँदा खोलाको सतहमा जताततै खाल्टैखाल्टा भएको छ। खोलामा धेरै खाल्टा हुँदा नदीको स्वाभाविक गति परिवर्तन हुने र बस्तीलाई जोखिम हुने तथा खाल्टामा परी जनधनको क्षतिको सम्भावना रहेकाले सम्याउन पत्राचार गरिएको उपप्रमुख यादवले बताएका छन्।

प्रकाशित: ९ फाल्गुन २०७६ ०४:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App