४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

हत्या आरोपी कारागार चलान

ताप्लेजुङ - ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं २ खोक्लिङकी कविता थापा हत्या प्रकरणमा पक्राउ परेका स्थानीय खड्ग बस्नेत पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत ताप्लेजुङको आदेश बमोजिम उनी कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक बिष्णुबहादुर खड्काले जानकारी दिए।

अदालतले खड्गकी श्रीमती भीममाया र भतिजो नाता पर्ने भीमबहादुर भनिने प्रेम कार्कीलाई जनही १–१ लाख रुपैंया धरौटीमा छाड्न आदेश गरेको छ। धरौटी बुझाएपछि छुटेका छन्। घटनाको अनुुसनधानका क्रममा पक्राउ परेका खड्गका छोरीहरु एलिसा र तारादेवीलाई साधारण तारेखमा छोड्न आदेश दिएको छ। उनीहरु पनि रिहा भएका छन्।

प्रकाशित: ३ फाल्गुन २०७६ ०८:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App