३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

उपल्लो डोल्पाबासी झाडापखालाबाट प्रभावित

काठमाडाैँ - उपल्लो डोल्पावासी झाडापखालाको समस्याबाट पीडित बनेका छन्। चिसोका कारण आर्थिक अवस्था कमजोर र वृद्धवृद्धा मात्र उपल्लो डोल्पामा बस्ने गर्दछन्। 

डोल्पोबुद्ध गाउँपालिका–४  ताक्सी र  धोगाउँमा झाडापखालको समस्या देखापरेको हो। परम्परागत उपचार विधि आम्चीको भरमा उपचार हुँदै आएको जनाइएको छ। दैनिक ५० भन्दा बढी स्थानीयवासी बिरामी हुने गरेका डोल्पोबुद्ध गाउँपालिका वडा नं ३ का वडा सदस्य लाप्कातेण्डुप लामाले जानकारी दिए। उनले स्वास्थ्यकर्मी पठाउन र उपचारको पहल गर्न आग्रह समेत गरेका छन्।

गत मङ्सिर महिनामै औषधिको माग गरे पनि अहिलेसम्म नपाएको यहाँका स्थानीय तहले बताएका छन्। दैनिक भाडापखालाका बिरामीको सङ्ख्या बढ्दै गएको र  औषधि नहुँदा थप समस्या हुँदै गएको बताइएको छ । हिउँले ढाँकेको यहाँका बस्तीका बिरामीको उपचार गर्न नै सकस भएको छ।

प्रकाशित: २१ माघ २०७६ ०५:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App