३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

राजपा केन्द्रीय सदस्य 'मिटरब्याजी' आरोपमा सर्लाहीबाट पक्राउ

सर्लाही- मिटरब्याजीको आरोपमा बरहथवाका रामबाबु राय यादव पक्राउ परेका छन्। प्रहरी उपरीक्षक विश्वमणि पोखरेलका अनुसार यादवलाई बुधबार हरिपुरबाट पक्राउ गरिएको हो। प्रहरी उपरीक्षक पोखरेलका अनुसार तत्तकाल सुरक्षाकर्मीमाथि दुर्व्यबहार मुद्दामा जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धानका लागि यादवलाई जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखिएको छ। यादवविरुद्ध गृह मन्त्रालयमा समेत ठगीको उजुरी परेकाले उक्त मुद्दामा समेत कारबाही प्रकृया अगाडी बढाईने प्रहरी उपरिक्षक पोखरेलले जानकारी दिए।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय सदस्य समेत रहेका यादव स्थानीय तह निर्वाचनमा राजपाको तर्फबाट बरहथवा नगरपालिकामा प्रमुखको प्रत्यासी थिए।

यादवले ऋण प्रवाह गर्दा चर्को ब्याज असुलेको, ऋण दिँदा ५ गुणा बढीको कागज बनाउने गरेको, ऋण तिरीसक्दा पनि तमसुक फिर्ता नगरेको, ऋण लिँदा दृष्टीबन्धक राखेको जग्गा आफू खुशी बिक्री गरेको पीडितहरुले गुनासो गरेका छन्। यादवविरुद्ध उजुरी लिएर ५० जना भन्दा बढी पीडितहरु मंगलबार काठमाडौं पुगेका छन्। पीडितहरु काठमाडौं पुगेको अर्को दिन सर्लाही प्रहरीले यनदवलाई पक्राउ गरेको हो। काठमाडौं पुगेका पीडितले विभिन्न राजनैतिक दलका नेताहरु एवं  प्रहरीका वरिष्ठ सुरक्षा अधिकारीहरुसँग पीडा व्यक्त गरेका छन्।

अर्का मिटरब्याजी सर्लाही ब्रह्मपुरीका सञ्जय गुप्ता भने भारततर्फ भागेको प्रहरी स्रोतले जनाएको छ। गुप्तापीडितहरु पनि काठमाडौंमै पुगेका छन्। केही महिनाअघि मात्रै मिटरब्याजी आरोपमा सर्लाही कविलासीका श्याम परदेशी साह कलवार पक्राउ परेका थिए। उनी हाल पूर्पक्षका लागि गौर कारगारमा छन्।

प्रकाशित: २३ पुस २०७६ १३:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App