२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

क्रिसमसमा गाउँपालिकाद्वारा सार्वजनिक बिदा

मकवानपुर– बहुसंख्यक इसाई धर्मालम्बी रहेको भन्दै मकावनपुरको राक्सिराङ्ग गाउँपालिकाले क्रिसमसको सार्वजनिक बिदा दिईएको छ।

प्रदेश ३ अन्तरगत मकवानपुरको पश्चिम क्षेत्रमा रहेको आदिवासी तामाङ्ग र अल्पसंख्यक चेपाङ्ग बाहुल्य राक्सिराङ्ग गाउँपालिकाले क्रिसमस डेका दिन बुधबार सार्वजनिक बिदा दिएको हो।

गाउँकार्यपालिकाको सोमबार बसेको बैठकले बुधबार गाउँपालिकाभित्रका सम्पुर्ण सरकारी कार्यालय एवं शिक्षण संस्थाहरु बिदा रहने निर्णय गरेको अध्यक्ष राजकुमार मल्लले बताए। उनका अनुसार गतबर्ष पनि गाउँपालिकाले क्रिसमस पर्वको सार्वजनिक बिदा दिएको थियो।

नौ वडा रहेको गाउँपालिकाको उपाध्यक्ष र पाँच वडा अध्यक्षलगायत ख्रिष्चियन रहेका छन्। राक्सिराङ्ग गाउँपालिकाको कुल जनसंख्या ३० हजार सात सय ६९ रहेकोमा करिब १८ प्रतिशत इसाई धर्मालम्बी रहेको अनुमान छ। जसमध्ये ५१ दशमलव आठ प्रतिशत तामाङ्ग र ३७ प्रतिशत चेपाङ्ग रहेको गाउँपालिकाले जनाएको छ।

प्रकाशित: ९ पुस २०७६ ०६:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App