७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

विपन्न परिवारलाई खाद्यान्न वितरण

शीतलहरका पीडितलाई राहत सामाग्री वितरण गर्दे महागढीमाई नगरपालिका। तस्बिरः नागरिक

बारा– महागढीमाई नगरपालिका बरियारपुरले हप्ता दिनदेखि जारी शितलहरबाट पीडित बनेका विपन्न परिवारलाई शनिबार खाद्य सामाग्री वितरण गरेको छ।

नगरपालिकाले चार सय ५९ विपन्न तथा दलित परिवारहरुलाई प्रतिपरिवार ३० केजी चामल वितरण गरेको हो। नगरपालिका प्रमुख उपेन्द्रप्रसाद यादवले वडा नं ५, ९ र १० का विपन्न परिवारहरुलाई चामल वितरण गरिएको जानकारी दिए। 

शीतलहरका कारण सथानीहरु घरबाहिर निस्किएर काम गर्न सकेका छैनन्। महागढीमाई नगरपालिका ५ का स्थानीय रमन रामले चिसोको कारण हातमुख जोर्नै समस्या हुने गरेको बताए।

प्रकाशित: ५ पुस २०७६ ११:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App