१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

बाजुरामा वर्षदिनमा १० जना बलात्कृत

बाजुरा- जिल्लामा एक वर्षको अवधीमा १० जनमाथि बलात्कार भएको प्रहरीले बताएको छ। गएको वर्ष पौषदेखि यो वर्षको मंसिरसम्म १० जनालाई बलात्कार गरिएको तथ्यांक प्रहरीसँग छ। ती मध्ये ८ जना अदालती कारवाहीसहित कैदी जीवन बिताईरहेका छन्। भने २ जनालाई अनुसन्धानका लागि हिरासतमा राखिएको छ।

बलात्कृत हुने १० जनामध्ये बलात्कृत हुनेमा ६ वर्ष देखि ४० वर्ष उमेर समूहका छन्। ती मध्ये ६ जना २० वर्षभन्दा कम उमेरमा छन्। बलात्कार गर्नेमा १९ देखि ५८ वर्षसम्मका छन्। बडिमालिका नगरपालिका ९ का विक्रम विष्टले ६ वर्षकी नाबालिकालाई बलात्कार गरेको प्रहरीले बताएका छन्। विष्टले गएको असार २७ गते गाउँमै बलात्कार गरेका हुन्।

२०७५ पौष २७ गते बुढीगंगा नगरपालिका ८ का ४७ वर्षका दलबहादुर थापाले १४ वर्षकी, २०७५ फागुन ९ गते त्रिवेणी नगरपालिका ८ का ५८ वर्षका राम गिरीले ३५ वर्षकी महिलालाई बलात्कृत गरेका छन्।

२०७५ फागुन १० गते बडिमालिका नगरपालिका २ का १९ वर्षका रामबहादुर बोहराले ३८ वर्षकी, फागुन १५ गते बुढीनन्दा नगरपालिका ७ का ३५ वर्षका किस्न ल्वारले २७ वर्षकी महिलालाई बलात्कार गरेका छन्।

यस्तै २०७६ बैशाख २७ बडिमालिका नगरपालिका ८ का २० वर्षका नृप रावलले १९ वर्षकी बालिकालाई, जेष्ठ ८ गते खप्तड छेडेदह गाउँपालिका ३ का १८ वर्षका अम्मर धामीले ११ वर्षकी बालिकालाई बलात्कार गरेका छन्। यस्तै यसै वर्षको साउन ३ गते बुढीगंगा नगरपालिकाका २३ वर्षका गणेशमान केसीले १२ वर्षकी बालिकालाई बलात्कार गरेका हुन्।

कात्र्तिक १० गते बडिमालिका नगरपालिका ९ का २२ वर्षका प्रकाश बुढाले ४० वर्षकी महिला र मंसिर १९ गते बुढीगंगा नगरपालिका ८ का २२ वर्षका दिपेन्द्र थापाले १५ वर्षकी बालिकामाथि बलात्कार गरेका छन्। प्रकाश बुढा र दिपेन्द्र थापामाथि अनुसन्धान जारी रहेको प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाटले बताएका छन्।

प्रकाशित: २ पुस २०७६ ०८:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App