४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही– सर्लाही सदरमुकाम मलंगवामा बिहिबार दिउँसो मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्य भएको छ। मलंगवाट नवलपुरतर्फ आउँदै गरेको ना. ४३ प ५६९१ नम्बर मोटरसाइकलको ठक्करबाट मलंगवा नगरपालिका–७ गणेशियाका ६० बर्षिय धरिक्षण महराको मृत्यु भएको हो।

नवलपुर–मलंगवा सडकखण्ड अन्तर्गत मलंगवा नगरपालिका–११ गम्हरियामा पैदल हिँडिरहेको अवस्थामा दिउँसो पौने १ बजे मोटरसाईकलले ठक्कर दिँदा महरा गम्भिर घाइते भएका थिए। गम्भीर घाइते महरालाई नजिकैको जिल्ला अस्पताल मलंगवामा उपचारका लागि लैंजादै गर्दाबीच बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

चालक लालबन्दी नगरपालिका–१, नवलपुर निवासी २६ वर्षीय अवलेश मिकरानी र मोटरसाईकललाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनायो। प्रहरीका अनुसार मृतक महराको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामै राखिएको छ। 

प्रकाशित: १९ मंसिर २०७६ ११:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App