२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

गद्दी बैठक सर्वसाधारणका लागि खुला

काठमाडौंको हनुमानढाेका दरबारस्थित गद्दी बैठक। तस्बिर : उपेन्द्र/नागरिक

काठमाडौं – काठमाडौंको हनुमानढाेका दरबारस्थित गद्दी बैठक सर्वसाधारणका लागि खुला गरिएको छ। मंगलबार दरबार क्षेत्रमा आयोजित एक कार्यक्रमबीच अमेरिकी राजदूत -यान्डी डब्लु बेरी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पुनःस्थापित गद्दी बैठक सर्वसाधरणका लागि खुला भएको जानकारी दिए।

सन् १९०८ मा राणा प्रधानमन्त्री चन्द्र शमशेरद्वारा निर्मित यो बैठक सर्वसाधारणका निम्ति यसअघि कहिल्यै खुलाइएको थिएन। भ्रमण वर्ष २०२० लाई लक्षित गरेर खुला गरिएको उक्त बैठकको मुख्य कक्ष निर्देशित भ्रमणका लागि खुला गरिएको हो। बैठकको भुइँतलामा संग्रहालयसमेत रहने र केही समयपछि त्यो पनि सर्वसाधारण र पर्यटकले अवलोकन गर्न पाउने कार्यक्रममा जनाइएको छ। संग्रहालयमा नेपाली इतिहास र संस्कृतिका दुर्लभ पुरातात्विक वस्तु रहनेछन्। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले भूकम्पले क्षति पु-याएको सम्पदाले जीवन्तता पाउँदा खुसी लागेको बताए। उनले जीर्र्णोद्धारमा सहयोग पु-याएको भन्दै अमेरिकी सरकारलाई धन्यवाद दिए।

अमेरिकी राजदूत बेरीले ऐतिहासिक महत्व बोकेको गद्दी बैठकको निर्माणमा सहयोग पु-याउन पाएकोमा खुसी लागेको बताए। ‘म आफैं पनि यस बैठकको बार्दलीमा बसेर इन्द्रजात्रा नियालेको छु,’ उनले भने, ‘सांस्कृति धरोहरसमेत रहेको बैठक सर्वसाधरणका लागि खुला हुँदा यसको झनै महत्व बढ्नेछ।’ भूकम्पबाट क्षतिग्रस्त गद्दी बैठकको एक वर्षअगावै जीर्णोद्धार सकिएको थियो। विश्वसम्पदा सूचीको सो भवनको अमेरिकी सरकारको सांस्कृतिक संरक्षणसम्बन्धी राजदूत कोष (एएफसिपी)ले नौ लाख अमेरिकी डलरको सहयोगमा प्रबलीकरण तथा पूर्ण जीर्णोद्धार गरिएको हो।

प्रकाशित: ११ मंसिर २०७६ ०३:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App