coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सीमा स्तम्भ मर्मतमा अन्यौलता, सशस्त्र प्रहरीले बढायो निगरानी

जिल्लाको बिजयनगर गाउँपालिका– ५ स्थित सुरई नदीमा रहेको सीमा स्तम्भ। तस्बिर/नागरिक

कपिलवस्तु- भारतले नेपालका बिभिन्न स्थानमा सीमा मिचेका कुरा सार्वजनिक भईरहेका बेला चार महिना अघि आएको बाढीले ढालेका जिल्लाका ८ सीमा स्मम्भ अझै संरक्षण हुन सकेको छैनन्। गत असार २८ गते आएको बाढीले बिजयनगर गाउँपालिका र कृष्णनगर नगरपालिकाका गरी ८ सीमा स्तम्भ ढलेका थिए।

बाढीको भेलले ढलेका सीमास्तम्भ ४ महिना बित्दा पनि संरक्षण भएन,

बिजयनगरमा ६ र कृष्णनगरमा रहेका २ सीमा स्तम्भ ढेलेका थिए। सीमा स्तम्भको मर्मत र संरक्षण नहुँदा त्यसयता आएको बाढीको भेलले सीमा स्तम्भ सार्दै लगेको छ। त्यस बेला बिजयगनरको चिराई खोलामा ४ वटा मात्र सीमा स्तम्भ ढलेको भेटिएको थियो। पछि सुरक्षा निकायले जिपिएसको माध्यमले खोजी गर्दा बिजयनगरमा थप २ र कृष्णनगरमा २ वटा सीमा स्तम्भ लडेको भेटिएको सशस्त्र प्रहरी उपरीक्षक जनक पुरीले जानकारी दिए। बिजयनगर गाउँपालिक– ५ स्थित सुरई नदीमा ४ र वडा नम्बर १ स्थित अर्रा नदीमा एउटा स्तम्भ लडाएको थियो।

बिजयनगर गाउँपालिका–५, ठकुरापुर र भारतको बलरामपुर जिल्ला गिद्धहवा सीमामा रहेको पिलर नं. ५७८/७ र त्यस्को आधी किमी उत्तर पिलर नं. ५७८/१० पानीमा लडेको छ। गाउँपालिकाको वडा नं. ६ गेडुवाजोत र भारतको प्रतापपुरको सीमा रहेको पिलर नं. ५७७/७ र ५७७/९ ढलेका छन्। ५७७/९ नंबर पिलर तेस्रो परेर बालुवामा धसिएको छ भने ५७७/७ पानीमा डुबेको छ। उता बिजयनगर गाउँपालिका–१, अनसराको ५८०/३ सीमा स्तम्भ ढलेको छ। शुक्ला खोलाको ५८७/७ को सीमा स्तम्भको टुप्पो भाचिएको छ।

कृष्णनगर नगरपालिका– १२ चरंगाहवा नदीमा ५७५/५८ र ५७६/४ सीमा स्तम्भ बालुवामा धसेका छन्। ५७८/३ र ५७८/६ नम्बरको पिलर पनि ढल्ने अवस्थामा पुगेको छ। बिजयनगर गाउँपालिकाका– ५ का भेष बहादुर थापाले बाढीको भेलले लडाएको सीमा स्तम्भको अझै संरक्षण हुन नसकेको बताए। ‘पटक पटक आएको बाढीको भेलले सीमा स्तम्भहरुलाई सार्दै लगेको छ’ उनले भने, ‘अहिले नै संरक्षण गरिएन भनेपछि विवाद आउन सक्छ।' फाउण्डेसन पुरै देखिएका छन्। बाढीले फाउण्डेसन ढाकिएको माटो बगाएको छ। गत जेठ तिर नेपाल र भारतको संयुक्त टोलीले कमसल काम गर्दा सामान्य बाढी आउदा पनि पिलर ढलेका स्थानीयको आरोप छ।

सीमा स्तम्भ मर्मतमा अन्यौलता
सीमा स्तम्भ निर्माणमा अन्योलता देखिएको छ। सिमास्तम्भ निर्माणका लागी नेपाल र भारतका दुई देशीय केन्द्रियस्तरको सर्वेक्षक सहितको प्राबिधिक टोलीले मात्र संरक्षण गर्न सक्ने भएकाले सीमा स्तम्भ संरक्षणमा ढिलाई भएको हो। सीमा स्तम्भ निर्माणका लागी दुई देशीय टोलीकै आवश्यकता पर्ने भएकाले सो का लागि केन्द्रियस्तरकै पहल आवश्यक देखिएको सुरक्षा स्रोतको भनाइ छ।

स्तम्भ मर्मत गर्न ढिलो भईरहेकाले स्थानीय चिन्तित बनेका छन्। उनीहरुले सक्दो छिटो पुर्नस्थापित गर्न माग गरेका छन्। ठकुरापुरका अजय चौधरीले सरकार संवेदनशील हुन आग्रह समेत गरे। ‘बाढी आउनासाथ स्तम्भलाई बगाउने अवस्था छ,’। उनले भने, ‘त्यसकारण मर्मत ढिलो गर्न हुन्न।’ सीमा स्तम्भका विषयमा गृहलाई जानकारी गराई सकिएको प्रजिअ गजेनन्द्र बहादुर श्रेष्ठले बताए। दुई देशका नापी टोली र अधिकारीहरु बिचको सहमति बिना मर्मत गर्न नमिल्ने भएकोले ढिलाई भएको उनले बताए।

सुरक्षा निकायले बढायो निगरानी
बर्षाको भेलले सीमा स्तम्भ लडाएसंगै शसस्त्र प्रहरी बल र नेपाल प्रहरीले सीमा स्तम्भको निगरानी गर्दै आएको छ। सीमा स्तम्भ ढलेको विषयमा केन्द्रमा जाहेर गरिएको सशस्त्र प्रहरी वल नेपाल २८ नम्बर गण कपिलबस्तुका गणपति शसस्त्र प्रहरी उपरिक्षक जनक पुरीले बताए।

उनले स्थानको नियमित निगरानी गरिएको बताए। नदी कटान र बाढीको भेलले सार्ने गरिए पनि जिपिएसको सहायताले सीमा स्तम्भको लोकेशन पत्ता लगाउने गरिएको सशस्त्र प्रहरी उपरीक्षक पुरीले बताए। कपिलवस्तु जिल्लासंग भारतको उत्तर प्रदेशको सिद्धार्थनगर र बलरामपुर जिल्ला जोडिएका छन्।

दुई देशका सीमामा ४६ मुख्य सीमा स्तम्भ, २ सय २६ सहायक सीमा स्तम्भ र २ सय ६० साना सीमा स्तम्भ गरि कुल ५ सय ३२ सीमा स्तम्भ छन्।

 

 

प्रकाशित: ४ मंसिर २०७६ ११:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App