इटहरी- पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको कोशी गाउँपालिका क्षेत्रको श्रीपुरमा मंगलबार बिहान भएको दुर्घटनामा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको जिल्ला समन्वय समिति उदयपुर उपप्रमुख गंगा राई सवार स १ झ २६८ नम्बरको गाडीले विपरीत दिशाबाट पश्चिम जाँदै गरेको को ३० प ५३०१ नम्बरको मोटरसाइकलमा सवार झापा दमक वडा नं. १० का ३५ वर्षे दिपक सुनार मुखियाको मृत्यु भएको हो।
घटनालगतै उपचारका लागि जिल्ला अस्पताल इनरुवामामा उपचारका क्रममा मुखियाको मृत्यु भएको प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनायो। मोटरसाइकल चालक योगेशकुमार धिमाल घाइते छन्। उनको जिल्ला अस्पताल इनरुवामै उपचार भइरहेको छ। जिल्ला समन्वय समिति उदयपुरको उपप्रमुख राईका गाडी चालकलाई ओखलढुङका २० वर्षे रोशन शर्मालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रकाशित: २६ कार्तिक २०७६ १२:३० मंगलबार