८ वैशाख २०८१ शनिबार
समाज

सगरमाथा बेस क्याम्पमा फेसन सो हुने

काठमाडौं – संसारको सर्वोच्च शिखर सगरमाथाको बेस क्याम्पमा फेसन सो हुने भएको छ। राजधानीमा आयोजित कार्यक्रममा आयोजक कासा बुटिकले संसारको सर्वोच्च शिखर सगरमाथाको बेस क्याम्पमा आयोजना हुने फेसन सोबारे जानकारी गराएको थियो।

आगामी जनवरीको अन्तिम साता प्राकृतिक स्रोतको संरक्षणको सन्देश दिँदै आयोजना हुन लागेको फेसन सोमा १५ जना अन्तर्राष्ट्रिय सुपरमोडलहरु सहभागी हुनेछन्।

कासा बुटिककी संञ्चालक रमिला नम्कुलका अनुसार भ्रमण वर्ष २०२० को अवसरमा फेसन सो आयोजना हुँदैछ। ‘संसारभर मौसम परिवर्तन र तापक्रम बृद्धिका कारण विभिन्न समस्या देखिन थालिसकेको सन्दर्भमा हामीले सचेतनाको लागि सगरमाथा बेस क्याम्पमा फेसन सोको आयोजना गर्न लागेका हौं। प्रदूर्षणका कारण वातावरणमा समस्या देखिन थालेको हुँदा नेपालमा उत्पादन भइरहेका पस्मिनालगायत जैविक सामग्रीलाई प्रवद्र्धन लागिपरेका छौं,’उनले भनिन्।

प्रकाशित: १८ कार्तिक २०७६ ०४:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App