१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

नगरकाेटमा 'चङ्गा चैट'

काठमाडौँ – नेपाल रिपब्लिक मिडिया तथा क्लब हिमायलको संयुक्त आयोजना नेपालीहरुको महान वर्प दशै तिहारको उपलक्षमा चङ्गा चैट कार्यक्रमको आयोजना गरिएको छ।  चङ्गा उडाउने प्रतियोगितामा १४ वटा समूहको सहभागीता छ।
चङ्गा चैट कार्यक्रमको प्रमुख अथितिको रुपमा प्रदेश ३ की प्रमुख अनुराधा कोइरालाले सबै बालबालिकाहरुले शिक्षा पाउनुपर्ने बताइन्।

उनले भनिन्,‘चेलीबेटी बेचविखन रोक्न अझै शसक्त रुपमा लाग्नु पर्ने अवस्था आएको छ।’ उनले बालबालिकालाई सबै जनाले आ–आफ्नो छोरा छोरीको रुपमा हेर्न आग्रह समेत गरिन्। उनले भनिन्,‘बालबालिकालाई मायाको दृष्टिकोणले हेर्नु पर्छ।’

त्यस्तै कार्यक्रमा नेपाल रिपब्लिक मिडियाकी सिईओ समृद्धि ज्ञवालीले नेपालीहरु आफ्नो संस्कृति जर्गेना गर्नेतर्फ लाग्नु पर्ने बताइन्। उनले भनिन्,‘ नेपाल रिपब्लिक मिडियाले हरेक वर्ष नागरिक नायकको रुपमा घोषणा गरी समाजका प्रतिष्ठित व्यक्तिहरूलाइ सम्मानित गर्दै आएको छ।’

त्यस्तै कार्यक्रममा नेपाली कांग्रेसका सांसद तथा नेता रामहरि खतिवडाले संस्कारलाई संस्कृतिको रुपमा विकास गर्दै लैजानुपर्ने बताए। त्यस्तै विवेकशिलकी नेतृ रन्जु दर्शनाले मानसिक स्वास्थ्यको लागि पनि नागरिकको विषयमा कुरा गर्न आग्रह गरिन्।

त्यसैगरी क्लबका अध्यक्ष योगेन्द्र शाक्यले संस्कृति जर्गेना गर्न यस्ता कार्यक्रमको अवश्यकता रहेको बताए। त्यस्तै कार्यक्रममा कलाकार अस्मिना रन्जितले कसैको विषयमा कुरा नगरी नागरिकको विषयमा कुरा गर्न आग्रह गरिन्।

त्यसैगरी रिपब्लिका दैनिकका सम्पादक सुभाष घिमिरेले स्वागत मनतब्य राख्दै कार्यक्रमको बारेमा प्रकाश पारेका थिए। प्रमुख अतिथी तथा वक्ताहरुले चंगा उडाएर कार्यक्रमको शुमारम्भ गरेका थिए।  आयोजित चङ्गा  चैट कार्यक्रममा १३ वटा कर्पोरेट टिमको सहभागिता रहेको छ।

उक्त कार्यक्रममा प्रथम हुने दुई जनालाई थाइल्याण्ड भ्रमणको व्यवस्था गरिएको छ।त्यस्तै दोस्रो हुने मन ग्लोरि रिर्सोट प्याकेजको व्यवस्था गरिएको छ।त्यस्तै तेस्रो हुनेलाई पोखरा रिट्रिट प्याकेजको व्यवस्था गरिएको हो।

प्रकाशित: ११ आश्विन २०७६ ०८:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App