८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

मापसे गरेर प्रधानाध्यापक जब कार्यक्रमस्थलमा पुगे...

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिमामा मादक पदार्थ सेवन गरेर शैक्षिक कार्यक्रममा पुगेका एक विद्यालयका प्रधानाध्यापक प्रहरी फन्दामा परेका छन्। नगरपालिकाले सोमबार आयोजना गरेको प्राविका प्रअ र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको एक दिने अन्तरक्रियात्मक छलफल तथा प्रतिवद्धता कार्यक्रममा मादक पदार्थले मातेर पुगेका मुलाबारी आधारभूत विद्यालय निर्मलीडाँडाका प्रअ खम्बराज राई प्रहरीको फन्दामा परेका हुन्।

हल्लिदै कार्यक्रमस्थलमा पुगेर हो–हल्ला गरेपछि प्रहरीलाई खबर गरेर कार्यक्रमस्थलबाटै नियन्त्रणमा लिन लगाइएको मेयर दिपनारायण रिजालले बताए।

दिउँसोदेखि जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएका प्रअलाई राति आफन्तको जिम्मामा छाडिएको प्रहरीले जनाएको छ। प्रअ राईमाथि नगरपालिकाले शिक्षा ऐन अनुसार कारबाही प्रकृयाअघि बढाएको जनाएको छ।

‘मापसे जाँचका लागि प्रहरीलाई भनेका थियौँ, जिल्ला अस्पतालमा पु-याउँदा मापसे गरेको पूष्टी भएको छ,’ मेयर रिजालले भने, ‘मापसे गर्ने प्रअमाथि शिक्षा नियमावली अनुशार कारबाही हुन्छ।’ नगरपालिकाको शिक्षा ऐनमा विद्यालय समयमा मादक पदार्थ सेवन गरेको प्रमाणित भएमा सेवाबाटै हटाउन सकिने व्यवस्था छ।

प्रकाशित: ७ आश्विन २०७६ ०९:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App