२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

इँटाभट्टामा काम गर्ने किशोरकिशोरीलाई सहयोग

तालिम लिएका किशोरकिशोरीलाई व्यावसायिक सामग्री हस्तान्तरण गरिँदै।

काठमाडौ - इँटाभट्टामा काम गर्ने ५५ जना किशोरकिशोरीलाई तीन महिने व्यवसायिक तालिम दिई व्यवसाय सञ्चालनका लागि आवश्यक सामग्री निःशुल्क वितरण गरिएको छ। बाल विकास समाजले उनीहरुलाई तालिम दिएर ती सामग्री हस्तान्तरण गरेको हो। किशोर किशोरीलाई आत्मनिर्भर बनाउनका लागि यसको थलानी गरिएको बाल विकास समाजका अध्यक्ष सुवास गौतमले बताए।

व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) सँगको समन्वयमा २८ जनालाई टेलरिङ, १४ जनालाई हाउस वायरिङ, २ जनालाई डकर्मी र ११ जनालाई मोटरसाइकल मर्मत तालिम दिइएको थियो। उक्त तालिम लिएका सबैलाई व्यवसाय सञ्चालन गर्नका लागि आवश्यक पर्ने सबै आधारभूत सामग्री हस्तान्तरण गरिएको अध्यक्ष गौतमले नागरिकलाई बताए। उक्त सामग्री बूढानीलकण्ठ नगरपालिकाका उपप्रमुख रमादेवी राई, पाँचखाल नगरपालिकाकाकी उप्रमुख लक्ष्मी दनुवार, बूढानीलकण्ठ नगरपालिका वडा नं. १२ का वडाध्यक्ष शम्भुप्रसाद भट्टराईलगायतले एक समारोहका बीच वितरण गरेका थिए।

सो कार्यक्रममा बोल्दै बूढानीलकण्ठ नगरपालिकाका उप्रमुख राईले बाल विकास समाजले गरेको कामबाट बालश्रम अन्त्यसँगै व्यक्तिलाई व्यवसायिक बनाउने विश्वास व्यक्त गरिन्। बालश्रम निवारणका लागि स्थानीय सरकारले विशेष पहल गर्ने र आफ्ना वडा तथा नगरमा रहेका बालश्रमको पहिचान गरी सोही अनुरुप कार्ययोजना निमार्ण हुन सके बालश्रम अन्त्य गर्न सहज हुने उपप्रमुख राईले बताइन्। सो अवसरमा बाल विकास समाजले आर्थिक वर्ष २०७५/०७६ मा गरेका कामहरुको विषयमा समाजिक परीक्षण समेत गरिएको थियो। बाल विकास समाजले विभिन्न १४ वटा जिल्लामा बाल श्रम न्यूनीकरणका लागि कार्य गरिरहेको छ।

प्रकाशित: २ आश्विन २०७६ ०२:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App